धनगढीमा हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
धनगढीः विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मरणोप्रान्त १ तह पदोन्नती गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले हत्या गरिएका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको नियमानुसार पाउने आर्थिक सुविधासहित मरणोप्रान्त १/१ तह पदोन्नती गरिएको दिनेशखबरलाई बताए।
उनका अनुसार प्रहरी निरीक्षक बिक प्रहरी सहायक नायब निरीक्षक (सई) र जवान साउद प्रहरी हवल्दारमा पदोन्नती भएका छन्।
योसँगै उनीहरुको परिवारले अबको ७ वर्षसम्म खाईपाई आएको तलबभत्ता पाउने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले जनाए। ७ वर्षपछि भने उनीहरुको परिवारले पेन्सन सुविधा पाउनेछन्।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए।
बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।
उनीहरुको हत्या आरोपमा पक्राउ परेका धनगढीको जुगेडाकै ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
हत्या प्रकरणसँग जोडिएको मटर तस्करी गराएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन् भने हत्यामा संलग्न केही व्यक्तिहरु अझै फरार रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
धनगढीमा प्रहरीको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान
धनगढी प्रहरी हत्याकाण्ड : मटर तस्करी गराउने धनगढीकै व्यापारी पक्राउ
जुगेडाकै ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई, जो भाग्यले जोगिए
धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात
धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष
धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए
असईको हत्यापछि धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?
धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ
भूमिहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए
धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी
प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि
धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ
धनगढीमा असई हत्या प्रकरणः घटनाबारे सत्यतथ्य नआएसम्म आफन्तले शव नबुझ्ने
धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ
धनगढीमा सहकर्मी वेपत्ता भएको १० घण्टा सम्म कैलाली प्रहरीले किन खोजी गरेन?
वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो
वेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय, त्रास पनि उत्तिकै
असईको हत्यापछि सिआईबीको टोली धनगढीमा
धनगढीमा प्रहरी हत्या प्रकरण: राष्ट्रिय युवा संघद्वारा दोषीमाथि कारवाहीको माग
धनगढीमा हत्या गरिएका असईको शव परिवारले बुझे
असई गोविन्दको उच्च सम्मानसहित अन्त्येष्टि
तस्करीको ट्रान्जिट प्वाइन्टमा जनपथ र सशस्त्रको बेमेल, निम्त्यायो दुर्घटना !
असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ
‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाईदियौँ’
वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए
प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो
असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक
प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’
प्रहरी हत्याका अभियुक्तको बयान: बाटो क्लियर देखेपछि मटर लग्यौँ, छेकेपछि मार्यौं
को थिए, ती तस्कर ? जसले असई र जवानको विभत्स हत्या गर्न लगाए
धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ
प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि
सुदूरपश्चिमका डिआइजी भन्छन्, अनुसन्धानको सियो अब केराउ तस्करीमा सोझियो
जुगेडाकै ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई, जो भाग्यले जोगिए
कैलाली प्रहरी हत्याकाण्डबारे गृह र प्रहरी प्रधान कार्यालय किन मौन ?
धनगढीमा हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने
दुई प्रहरीको हत्यापछि जुगेडाको इन्चार्जमा सई खटाइए
कैलालीमा सीमा क्षेत्रमा न्यून सुरक्षाकर्मी परिचालन गरिदा असुरक्षा बढ्दो