सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाईदियौँ’

२०७७ कार्तिक ४, ०८:३४

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकले तस्करी रोक्न खोजेपछि हत्या गरेको पक्राउ परेका अभियुक्तले स्वीकार गरेका छन् ।

‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाईदियौँ’ पक्राउ परेका अभियुक्तले प्रहरी समक्ष दिएको बयानमा भनेका छन् ।

उनीहरुले तस्करी गरेर ल्याइरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।

असईको हत्यामा संलग्न गिरोहका अधिकांश व्यक्तिलाई पक्राउ गरेको प्रहरीले फरार रहेकाहरुको खोजी तीब्र पारेको जनाएको छ ।

शनिबार राती नियमित गस्तीमा निस्किेका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।

उनको उच्च सम्मान सहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ । बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ ।

साउदको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस