सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका डिआइजी भन्छन्, अनुसन्धानको सियो अब केराउ तस्करीमा सोझियो

२०७७ कार्तिक ५, ०२:५१ जनक विष्ट

धनगढीः प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्या प्रकरणमा तस्कारमाथि समेत अनुसन्धान हुने भएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्या आरोपमा पक्राउ परेकाहरुमाथिको अनुसन्धान करिब सकिएको बताए ।

‘हत्याको अनुसन्धान सकियो । अब यस्तो वातावरण सिर्जना कसरी भयो ? भन्नेतर्फ अनुसन्धान केन्द्रीत भएको छ ।’ डिआईजी सुवेदीले दिनेश खबरसँग भने, ‘घटनामा संलग्न धैरे व्यक्तिहरुलाई नियन्त्रणमा लिइसकेका छौँ । १/२ जना बाहिर छन् । तिनलाई पनि नियन्त्रणमा लिन्छौँ । अदालती प्रक्रियामा जान्छौँ । तर त्यो भन्दा महत्वपूर्ण घटना कसरी भयो भन्ने हो । हामी त्यतातिर केन्द्रीत छौँ । प्रहरीको हत्या घटनामा  जो कोही भएपनि कारवाहीको दायरामा ल्याउँछौँ ।’

तस्करीको मटर बरामद गर्न खोज्दा प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको हत्या गरिएको थियो । शनिबार राती नियमित गस्तीमा खटिएका बेला हत्या गरिएका दुवै जनाको मोहना नदीमा शव फेला परेको थियो । हत्या आरोपमा पक्राउ परेका मध्ये अधिकांश तस्करीको सामान ओसार्ने भरिया  भएको पाइएको प्रहरीले बताएको छ । तर मुख्य तस्करको अझै पहिचान भएको छैन् । 

सरकारी वकिलसँग कानूनी परामर्श  

स्रोतका अनुसार सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले मंगलबार सरकारी वकिलसँग कानूनी परामर्श लिएका छन् । जिल्ला सरकारी कार्यालयका न्याधिवक्ता विष्णु प्रसाद पौडेलसँग भेटेर प्रहरी नायब महानिरीक्षक सुवेदीले प्रहरी हत्या घटनाका सन्दर्भमा कानूनी राय लिएका हुन् ।  

छुट्टाछुट्टै टोली परिचालन

प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको हत्या आरोपमा पक्राउ परेकामाथिको अनुसन्धान करिब सकिएको जनाएको प्रहरीले योजनाकारको खोजीलाई समेत तीब्र बनाएको जनाएको छ ।

उनीहरुको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो, सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह आरआइटी, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट छुट्टाछुट्टै टोली खटिएको प्रहरीले जनाएको छ ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा फोन नलागेपछि विहानसम्म प्रतिक्षा गरिएको थियो ।

तर नआएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो ।  

घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि ४ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।

उनीहरु सवार  बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरीक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको  छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरीक्षक बिक ४ वर्षअघि नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । भूमीहिन परिवारमा जन्मिएका बिकका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन् ।

५ वर्षको उमेरमा बुवा गुमाएका बिककी ५० वर्षीया आमा छन् । ३ भाई थिए । उनी माइलो भाई हुन् । यस्तै अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका  थिए ।

२ वर्षदेखि कैलालीमै कार्यरत साउदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । ५ जना दाजुभाई मध्ये साउद साइलो थिए ।

सम्बन्धित समाचार 

धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी

प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ

धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए

धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष

असईको हत्यापछि धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?

भूमिहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए

वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो

वेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय, त्रास पनि उत्तिकै

धनगढीमा सहकर्मी वेपत्ता भएको १० घण्टा सम्म कैलाली प्रहरीले किन खोजी गरेन?

धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ

धनगढीमा असई हत्या प्रकरणः घटनाबारे सत्यतथ्य नआएसम्म आफन्तले शव नबुझ्ने

धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

तस्करीको ट्रान्जिट प्वाइन्टमा जनपथ र सशस्त्रको बेमेल, निम्त्यायो दुर्घटना !

प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’

असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ

प्रहरी हत्याका अभियुक्तको बयान: बाटो क्लियर देखेपछि मटर लग्यौँ, छेकेपछि मार्‍यौं

‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाईदियौँ’

प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस