सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ

२०७७ कार्तिक २, ०३:३८ खबर संवाददाता

धनगढीः धनगढीमा प्रहरी सहायक निरिक्षकको हत्यामा संलग्न भएको आशंकामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले अनुसन्धानका लागि ११ जनालाई पक्राउ गरिएको जानकारी दिए।

अपराधिक पृष्ठभूमी भएका व्यक्तिहरुलाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको सिहले बताए।

शनिबार साँझ नियमित गस्तीमा खटिएका बेला वेपत्ता भएका प्रहरी सहायक निरिक्षकको आज बिहान मोहना नदी किनारमा शव भेटिएको थियो।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ।   
 

कमेन्ट लोड गर्नुस