सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय, त्रास पनि उत्तिकै

२०७७ कार्तिक ३, ०२:२९ खबर संवाददाता

धनगढी : हालसम्म वेपत्ता रहेका धनगढी उपमहानगरपालिका १२ स्थित अस्थायी प्रहरी पोष्टका प्रहरी जवान रामबहादुर साउदको खोजी कार्यमा स्थानीय जुटेका छन् ।

घटना स्थल नजिक धनगढी उपमहानगरपलिका–१० जुगेडा कटानस्थित फूलनैया वस्तीका स्थानीयहरु खोजीकार्यमा जुटेको स्थानीय रामकुमार रानाले जानकारी दिए ।

अपराधिक घटनाले आफुहरुको वस्ती नै बदनामित भएको बताउँदै रानाले प्रहरीको खोजीकार्यमा गाउँलेहरु विहानैदेखि सहयोग गर्न थालेको दिनेश खबरलाई बताए । उनीहरु मोहना नदी, सुकुटी नाला, उखुबारीलगायत स्थानमा खोजीकार्य थालेका हुन् । उसो त प्रहरी टोलीले आइतबार विहानैदेखि सो क्षेत्रमा खोजीकार्य तीब्र पारेको छ । तर हालसम्म पत्ता लगाउन नसकेको हो ।

त्रास उत्तिकै
ड्युटीकै क्रममा प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्या र प्रहरी जवान साउद बेपत्ता भएको घटनामा प्रहरीले अनुसन्धानको लागि स्थानीय १३.जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फूलनैया वस्तीका मात्रै ११ स्कूले युवकहरुलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको स्थानीयले बताएका छन् । प्रहरीले धमाधम पक्राउ गरेपछि स्थानीयमा त्रास पनि छाएको छ ।
उनीहरुले रातभरी घरमै रहेका युवकहरुलाई अनुसन्धानको लागि भए पनि प्रहरीले पक्राउ गरेपछि त्रास छाएको हो ।

आफ्नो १२ वर्षीय छोरा बेलुकादेखि घरमै रहेपछि प्रहरीले पक्राउ गरेको बताउँदै फूलनैयाकी दुथा रानाले आफ्नो निर्दोष छोरालाई घटनामा मुछ्न खोजेको दाबी गरिन् ।

धनगढी उपमहानगरपालिका १० का वडा अध्यक्ष राजेन्द्र रानाले दोषिलाई कडा कारवाही हुनुपर्ने तर निर्दोषलाई घटनामा मुछ्न नहुुने बताए ।

जुगेडाको बनकट्टी घाट चोरी तस्करीको ट्रान्जिट पोइन्ट हो । सो घाट भएर भारतीय बजार पलिया, सुदा बजारबाट अवैध सामान धनगढी बजार पु¥याउने कार्य हुुुँदै आएको छ ।

 

कमेन्ट लोड गर्नुस