सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हत्याका अभियुक्तको बयान: बाटो क्लियर देखेपछि मटर लग्यौँ, छेकेपछि मार्‍यौं

२०७७ कार्तिक ५, ०७:०२ जनक विष्ट

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान रामबहादुर साउदको हत्याको प्रमुख कारण तस्करी नियन्त्रण भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रारम्भिक अनुसन्धानका क्रममा शनिबार राती नेपालबाट भारततर्फ तस्करी भइरहेको झण्डै २५ क्वीन्टल मटर(केराउ) रोक्न खोज्दा दुवै जनाको हत्या भएको जनाएको छ ।

प्रहरी समक्ष बयानका क्रममा अभियुक्तले भनेका छन्, ‘सुरुमा बाटो हेर्न गयौँ । क्लियर देखेपछि गोरुगाडामा मटर लैजादै थियौँ । प्रहरीले एक्कासी अवरोध गर्यो । विवाद चल्दाचल्दै हिर्कायौँ ।’ ‘प्रहरीले तस्करी भइरहेको मटर सहित गोरुगाडा नियन्त्रणमा लिन खोज्दा विवाद भएको देखिन्छ ।’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरी सहायक निरिक्षकलाई आर्थिक प्रलोभन पनि देखाएको पाईन्छ । तर मान्दै नमानेपछि सुरुमा बाटो किलियर गर्न पुगेका व्यक्ति समेत फर्केर हत्या गरेको देखियो ।’

अभियुक्तले सुरुमा प्रहरी जवान साउदको टाउकोमा लाठीले हिर्काएको बयान दिएका छन् । ‘त्यति बेला प्रहरी सहायक निरिक्षक बिकले पेस्तोल निकाल्न खोजेपछि उनलाई पनि लाठी प्रहार गरी खेतमा ढलायौँ ।’ अभियुक्तको भनाइ उदृत गर्दै प्रहरी स्रोतले भन्यो,‘त्यसपछि त्यहाँबाट ४/४ जनाको समूहले दुवै जनालाई अलग अलग ठाउँमा लगेर खुर्पा, रड र लाठीले हानेर मारेका हौँ ।’

असई र जवानको हत्या गरिसकेपछि नदीमा खाडल खनेर गाड्ने योजना बनाए । सोही योजना अनुसार दुवै जनाको शव घिसारेर मोहना नदी सम्म पुगाउँछन् । प्रहरी जवान रामबहादुर साउदलाई नदी भित्र खाल्डो खनेर गाड्दा गाड्दै अबेर भएपछि प्रहरी आउने भयले असईको शव नदीमा फालेर त्यहाँबाट निस्किन्छन् ।

‘असईको शव पनि गाड्न योजना थियो । तर धेरै अवेर भएपछि प्रहरी आउने डरले फालेर भागेका हौँ ।’ बयानमा भनेका छन् ।

त्यही क्रममा ४ जनाको समूहले तस्करीको मटर पारीपट्टी भारततीय तस्करको जिम्मा लगाएर फर्किएको पनि खुलेको प्रहरीले जनाएको छ । ठुलो परिमाणमा मटर तस्करी हुने सूचनाका आधारमा त्यो दिन प्रहरी सहायक निरिक्षक बिक र जवान साउद बरामद गर्ने भन्दै सोही क्षेत्रमा बसेका थिए । तस्करको समूहले सुरुमा उनीहरुलाई नदेखेकै कारण मटरको गोरुगाडा मगाएको देखिएको छ ।

शनिबारदेखि वेपत्ता असई बिकको शव आइतबार र जवान साउदको शव मंगलबार मोहना नदीमा फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ७ जनाको संलग्नता रहेको खुलेको जनाएको छ ।

उनीहरुलाई मंगलबार नै सार्वजनिक गरिएको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई सार्वजनिक गरेको हो ।

संलग्न केही व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार 

धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी

धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए

धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष

असईको हत्यापछि धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?

भूमिहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए

वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो

वेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय, त्रास पनि उत्तिकै

धनगढीमा सहकर्मी वेपत्ता भएको १० घण्टा सम्म कैलाली प्रहरीले किन खोजी गरेन?

धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ

धनगढीमा असई हत्या प्रकरणः घटनाबारे सत्यतथ्य नआएसम्म आफन्तले शव नबुझ्ने

धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

तस्करीको ट्रान्जिट प्वाइन्टमा जनपथ र सशस्त्रको बेमेल, निम्त्यायो दुर्घटना !

प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’

असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ

‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाईदियौँ’

प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस