असईको हत्यापछि सिआईबीको टोली धनगढीमा
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/121586522_385568812480375_6625541055215545146_n.jpg?itok=letJu9vo)
धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरिक्षक (असई) को हत्यापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली धनगढी पुगेको छ ।
सिआईबीका प्रहरी नायब उपरिक्षकको नेतृत्वको घटनाको अनुसन्धानका लागि धनगढी पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । तर प्रहरी नायब उपरिक्षकको नाम भने खुलाईएको छैन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले सिआईबीको टोली धनगढी पुगेको तर अनुसन्धानमा संलग्न अधिकृतहरुको नाम खुलाउन नमिल्ने बताए ।
यस्तै उक्त घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको छ प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।
शनिबार राती ८ बजे नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिक र प्रहरी जवान रामबहादुर साउद सम्पर्कविहिन भएका थिए ।
उनीहरु मध्ये बिक घाँटी र गर्धन रेटेर हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएका थिए भने प्रहरी जवान साउदको अवस्था अझै अज्ञात छ ।
![add](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2025-01-20 at 11.37.07 AM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)