सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरी हत्या प्रकरण: राष्ट्रिय युवा संघद्वारा दोषीमाथि कारवाहीको माग

२०७७ कार्तिक ३, ०४:०६ खबर संवाददाता

धनगढी:  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट राष्ट्रिय युवा संघ कैलालीले धनगढीमा प्रहरी सहायक निरिक्षक(असई) हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गरेको छ। 

संघका जिल्ला ईन्चार्ज सुरज खाती र सहईन्चार्ज बाबुराजा श्रेष्ठले जारी गरेको विज्ञप्तिमा असई हत्या प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने उल्लेख छ। साथै युवा संघले वेपत्ता रहेका प्रहरी जवानको खोजी गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन समेत माग गरेको छ। 

शनिबार राती ८ बजे नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद १० बजेदेखि सम्पर्कविहिन भएका थिए।

उनीहरु मध्ये बिक घाँटी र गर्धन रेटेर हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएका थिए भने प्रहरी जवान साउदको अवस्था अझै अज्ञात छ।  
 

 

कमेन्ट लोड गर्नुस