सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हत्या गरिएका असईको शव परिवारले बुझे

२०७७ कार्तिक ३, ०३:५५ खबर संवाददाता

धनगढीः धनगढीमा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकका परिवारले शव बुझेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ । उनको आजै अन्त्येष्टि गर्ने तयारी रहेको छ ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए ।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अज्ञात छ । 
 

कमेन्ट लोड गर्नुस