सुदूर नेपाललाई विश्वसँग जोड्दै

को थिए, ती तस्कर ? जसले असई र जवानको विभत्स हत्या गर्न लगाए

२०७७ कार्तिक ५, ०८:०२ खबर संवाददाता

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान रामबहादुर साउदले तस्करको समूहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका भनाईमा, ‘मटर तस्करीमा प्रहरीबाट अवरोध हुने तस्करहरुलाई पहिले नै आशंका थियो । उनीहरुले योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ । वारीबाट पारी मटर तस्करी हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।’

जुगेडा क्षेत्र चोरी तस्करीको ट्रान्जिट प्वाइन्ट समेत मानिदै आएको छ । प्रहरीले पत्रकार सम्मेलन गर्दै अनुसन्धानका लागि पक्राउ परेका मध्ये ७ जनाको संलग्नता देखिएको र केही अन्य फरार रहेकाले खोजी भइरहेको बताइसकेको छ ।  तर प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको भन्दै अभियुक्तले बयानमा भनेका कुरा अझै खुलाएको छैन् ।

यद्यपी सञ्चार माध्यमले स्रोतको हवला दिदै अभियुक्तले प्रहरी समक्ष दिएका बयानमा आधारित समाचार सम्प्रेषण गरिरहेका छन् । गस्तीमा खटिएका दुई प्रहरीको विभत्स हत्याको घटनाले यतिवेला सबैलाई झस्काइदिएको छ । घटनाको उपज चोरी तस्करी हुनुले थप भयभित बनाएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

शनिबार राती जुगेडा क्षेत्रबाट मटर तस्करी गर्ने को थिए ? जसले असई र जवानको हत्या गर्न लगाएर नदीमा फाले । हत्या आरोपमा पक्राउ परेका व्यक्ति थिए ? वा अरु नै ? प्रहरीले बताइसकेको छैन् ।

‘तस्करी घटनाको उपज भएपनि हत्या त्यो भन्दा ठुलो अपराध हो ।’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिह भन्छन्,‘तस्करी र हत्या छुट्टाछुट्टै घटना भएकाले दुवै घटनामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

हत्या आरोपमा पक्राउ परेका मध्ये केही आफै तस्कर र केही भरिया समेत रहेको खुलेको उनी बताउँछन् । ‘हामीले पक्राउ गरेका व्यक्तिमा पनि केहीको लगानी थियो भन्ने बुझिन आएको छ ।’ प्रहरी वरिष्ठ उपरीक्षक सिहले भने, ‘कोही भरिया थिए । उनीहरुसँगै पर्दा पछाडी रहेका व्यक्तिहरुमाथि पनि अनुसन्धान हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका मध्ये रोहित राना लगानीकर्ता भएको बुझिन आएको छ । तर उनी नै गिरोहको मुख्य व्यक्ति भने नभएको प्रहरी स्रोत बताउँछ । अहिले प्रहरी सहायक निरीक्षक र जवानको हत्यामा संलग्न व्यक्तिलाई मात्र कारवाहीको दायरामा ल्याएर उनीहरुलाई प्रयोग गरी फाइदा लिने समूहलाई उन्मुक्ती दिन नहुने माग उठिरहेका छन् ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा फोन नलागेपछि बिहानसम्म प्रतिक्षा गरिएको थियो । तर नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो ।  घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो ।

प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो । उनीहरु सवार  बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरीक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको  छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरीक्षक बिक ४ वर्षअघि नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । भूमीहिन परिवारमा जन्मिएका बिकका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन् ।

५ वर्षको उमेरमा बुवा गुमाएका बिककी ५० वर्षीया आमा छन् । ३ भाई थिए । उनी माइलो भाई हुन् । यस्तै अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका  थिए ।

२ वर्षदेखि कैलालीमै कार्यरत साउदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । ५ जना दाजुभाई मध्ये साउद साइलो थिए ।

सम्बन्धित समाचार 

धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी

धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए

धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष

असईको हत्यापछि धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?

भूमिहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए

वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो

वेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय, त्रास पनि उत्तिकै

धनगढीमा सहकर्मी वेपत्ता भएको १० घण्टा सम्म कैलाली प्रहरीले किन खोजी गरेन?

धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ

धनगढीमा असई हत्या प्रकरणः घटनाबारे सत्यतथ्य नआएसम्म आफन्तले शव नबुझ्ने

धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

तस्करीको ट्रान्जिट प्वाइन्टमा जनपथ र सशस्त्रको बेमेल, निम्त्यायो दुर्घटना !

प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’

असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ

प्रहरी हत्याका अभियुक्तको बयान: बाटो क्लियर देखेपछि मटर लग्यौँ, छेकेपछि मार्‍यौं

‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाईदियौँ’

प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

कमेन्ट लोड गर्नुस