सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई प्रहरीको हत्यापछि जुगेडाको इन्चार्जमा सई खटाइए

२०७७ कार्तिक ६, ०३:५२ खबर संवाददाता

धनगढी: धनगढीको जुगेडामा प्रहरी सहायक निरीक्षक(असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाको इन्चार्जमा प्रहरी नायव निरीक्षक(सई) गोपाल चन्दलाई खटाइएको छ। 

सईसहित ५ जना प्रहरी पनि थपिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक दिलीप देउवाले बताए।  यसअघि जुगेडामा सईसहित १० जना प्रहरी रहेका थिए। 

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज(असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए। उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ।

अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए। सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो।

कमेन्ट लोड गर्नुस