सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ सय ३ पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय बेपत्ता

२०८३ भदौ ११, ०९:३२ खबर संवाददाता

काठमाडौंः रसुवामा आएको बाढीपछि ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन हुँदा सबै भन्दा धेरै भारतीय पर्यटक परेका छन्।

पर्यटन बोर्डका अनुसार ३४१  विदेशी र नेपालीको संख्या ६२ रहेको छ। पर्यटन बोर्डका अनुसार सम्पर्कमा नआएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन्। भारतका १३३ जना पर्यटक सम्पर्कमा आएका छैनन्। बोर्डको विवरण अनुसार सम्पर्कमा नआएका पर्यटक हरुको संख्या यस्तो छ।

भारत –१३३ जना
नेपाल –६२ जना
अमेरिका–४७ जना
अस्ट्रेलिया–३४ जना
बेलायत–३३ जना
क्यानडा–२४ जना
मलेसिया–१९ जना
युक्रेन–७ जना
सिंगापुर–६ जना
दक्षिण अफ्रिका–६ जना
न्युजिल्यान्ड–५ जना
जापान–५ जना
जर्मनी–४ जना
फ्रान्स–३ जना
आयरल्यान्ड–२ जना
नेदरल्यान्ड्स–२ जना
रूस–२ जना
स्पेन–२ जना
बेलारूस–१ जना
फिनल्यान्ड–१ जना
हंगेरी–१ जना
इसराइल–१ जना
लिथुआनिया–१ जना
पोर्चुगल–१ जना
फिलिपिन्स–१ जना

कुल ४०३ जनामध्ये २०३ जना पुरूष र २०० जना महिला छन्। विवरण अनुसार अहिलेसम्म यीमध्ये कुनै पनि व्यक्ति फेला परेको जानकारी छैन।

कमेन्ट लोड गर्नुस