जुगेडामा सुरक्षा थ्रेटबारे जिल्लालाई पूर्व जानकारी गराएका थिए असइ बिकले !
धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाले घटना भएको अघिल्लो दिन मात्र तस्करीको ठुलो सामान बरामद गरेको थियो । सुर्ति लगायतका भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरेपछि तस्करीमा संलग्न समूहले पोष्ट घेराउ गरेका थिए ।
स्थानीय जनप्रतिनिधि सहित पुगेको समूहले इन्चार्ज प्रहरी सहायक निरीक्षक(असइ) गोविन्द बिकलाई ज्यान मार्ने सम्मको धम्की त्यो दिन दिएको त्यहाँ कार्यरत एक प्रहरी कर्मचारीले बताए ।
‘चोरी तस्करी नियन्त्रण गर्न खोज्दा ज्यान मार्ने धम्की आउँथ्यो ।’
नाम उल्लेख नगर्ने शर्तमा ती प्रहरीले दिनेश खबरसँग भने, ‘हामीले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेपछि वडाध्यक्ष लगायतका जनप्रतिनिधि छोड्नुपर्छ भन्दै पोष्टमा आउनुभएको थियो । उहाँहरुले असई सापलाई धेरै हिरो बन्न खोजे ज्यान नरहला विचार गर्नु भन्नुभएको थियो । आखिर त्यस्तै भयो ।’
प्रहरी स्रोतका अनुसार प्रहरी सहायक निरीक्षक बिकले त्यो दिन आफूलाई ज्यान मार्ने धम्की आएको कुरा जिल्ला प्रहरी कार्यालयलाई अवगत गराएको स्रोत बताउँछ । ‘बिकले जिल्लाका प्रहरी अधिकारीसँग फिल्डमै पुगेर त्यहाँको वस्तुस्थितीबारे बुझिदिन समेत आग्रह गरेका थिए ।’ स्रोतले भन्यो, ‘तर जिल्ला प्रहरी कार्यालयले वेवास्ता गर्दा ठुलो दुर्घटना हुन पुग्यो ।’
उनका भनाईमा यदी प्रहरी सहायक निरीक्षकको आग्रह मान्दै जिल्लाबाट उपल्लो श्रेणीका अधिकृतलाई खटाएर त्यहाँ प्रहरीमाथि भएको सुरक्षा थ्रेटको विश्लेषण गरी सोही अनुसार समाधान निकाल्न सकिन्थ्यो । तर त्यसो हुन सकेन । जिल्लाले आफ्नै जुनियर प्रहरी अधिकृतको गम्भीर कुरालाई हलुका रुपमा लियो ।
जुगेडा पोष्टका यसअघिका इन्चार्ज प्रहरी सहायक निरीक्षक भरत अधिकारी पनि पारिवारीक कारण देखाएर सरुवा मिलाएर आएको थिए । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक अधिकारी पनि सुरक्षा थ्रेटकै कारण त्यहाँबाट फर्किएको चर्चा कैलाली प्रहरीमा छ ।
जिल्ला प्रहरी कार्यालयका अधिकारीहर भने प्रहरी सहायक निरीक्षक बिकले सुरक्षा थ्रेटबारे पूर्व जानकारी नगराएको दावी गर्छन् । ‘त्यस्तो कुनै जानकारी भएन ।’ कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने, ‘त्यो विषयमा उनले पूर्व जानकारी गराएको कुरा मलाई थाहा छैन् ।’
मटर तस्करीका २ लाइन
प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको दिन मात्र जुगेडाबाट मटर तस्करी भएको हो ? अरु बेला तस्करी नै हुन्थेन र ? यी दुई प्रश्नको जवाफ प्रहरीले दिनुपर्छ । स्थानीयका अनुसार जुगेडामा मटर तस्करी नौलो होईन् र प्रहरी समेत यसबारे बेखबर छैन् ।
निष्पक्ष छानविन गर्ने हो भने तस्करी प्रकरणमा प्रहरी पोष्टदेखि जिल्ला स्तर सम्मका प्रहरी अधिकृतको संलग्नता छताछुल्ला हुन्छ । प्रहरीकै सेटिङमा जुगेडाबाट मटर तस्करी हुदै आएको दावी गरिन्छ । स्रोतका अनुसार धनगढीका २ जना ठुला व्यापारीले प्रहरीसँगको सेटिङमा पूर्वी नेपालबाट मटर खरिद गरी जुगेडा नाकाबाट भारततर्फ तस्करी गर्दै आएका थिए ।
‘ती २ व्यापारीको लाइन क्लियर थियो । उनीहरु सोझै जिल्लासँग डिल गरेर जुगेडाबाट तस्करी गर्थे । र प्रहरीलाई हप्ता बुझाउँथे ।’ कैलाली प्रहरीको उच्च स्रोतले भन्यो, ‘धनगढीबाट सोझै हुने तस्करीको सामान बरामद नगर्न अस्थायी प्रहरी पोष्ट जुगेडालाइ जिल्लाले दबाब दिन्थ्यो ।’
अर्को पछिल्लो समय जुगेडाबाट पनि सोझै मटर तस्करी हुन थालेको थियो । जुगेडाबाट सोझै हुने तस्करीले धनगढीका व्यापारीलाई घाटा हुन थालेपछि रोक्न थप दबाब प्रहरीमाथि रहेको स्रोत बताउँछ । तर जुगेडाको समूहले धनगढीबाट हुने तस्करी रोकेपछि मात्र आफूहरु पनि नगर्ने बताउने गरेका थिए ।
दुवैतिरका मटर जुगेडाकै स्थानीयको सहयोगमा भारतीय व्यापारी सम्म पुगाउने गरिन्थ्यो । उनीहरु भरियाको रुपमा काम गर्दथे । शनिबार प्रहरीको हत्या गरेको आरोपमा पक्राउ पर्नेमा अधिकांश भरिया नै रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
जुगेडाकै ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई, जो भाग्यले जोगिए
धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात
धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष
धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए
असईको हत्यापछि धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?
धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ
भूमिहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए
धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी
प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि
धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ
धनगढीमा असई हत्या प्रकरणः घटनाबारे सत्यतथ्य नआएसम्म आफन्तले शव नबुझ्ने
धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ
धनगढीमा सहकर्मी वेपत्ता भएको १० घण्टा सम्म कैलाली प्रहरीले किन खोजी गरेन?
वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो
वेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय, त्रास पनि उत्तिकै
असईको हत्यापछि सिआईबीको टोली धनगढीमा
धनगढीमा प्रहरी हत्या प्रकरण: राष्ट्रिय युवा संघद्वारा दोषीमाथि कारवाहीको माग
धनगढीमा हत्या गरिएका असईको शव परिवारले बुझे
असई गोविन्दको उच्च सम्मानसहित अन्त्येष्टि
तस्करीको ट्रान्जिट प्वाइन्टमा जनपथ र सशस्त्रको बेमेल, निम्त्यायो दुर्घटना !
असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ
‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाईदियौँ’
वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए
प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो
असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक
प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’
प्रहरी हत्याका अभियुक्तको बयान: बाटो क्लियर देखेपछि मटर लग्यौँ, छेकेपछि मार्यौं
को थिए, ती तस्कर ? जसले असई र जवानको विभत्स हत्या गर्न लगाए
धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ
प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि
सुदूरपश्चिमका डिआइजी भन्छन्, अनुसन्धानको सियो अब केराउ तस्करीमा सोझियो
जुगेडाकै ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई, जो भाग्यले जोगिए
कैलाली प्रहरी हत्याकाण्डबारे गृह र प्रहरी प्रधान कार्यालय किन मौन ?
धनगढीमा हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने
दुई प्रहरीको हत्यापछि जुगेडाको इन्चार्जमा सई खटाइए
कैलालीमा सीमा क्षेत्रमा न्यून सुरक्षाकर्मी परिचालन गरिदा असुरक्षा बढ्दो