सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षाकर्मीमाथि हमला गर्नेलाई उन्मुक्ति दिदाको उपज ‘धनगढी प्रहरी हत्याकाण्ड’

२०७७ कार्तिक ६, ०२:३० जनक विष्ट

धनगढीः २०७१ सालमा धनगढी उप–महानगरपालिका वडा नम्बर १२ स्थित अस्थायी प्रहरी पोष्टमा प्रहरी हवल्दारका रुपमा कार्यरत गणेश प्रसाद जोशीसहित ३ जना प्रहरीमाथि हमला भयो ।

जुगेडाकै एक ईटा उद्योगमा आक्रमण गर्दै मजदुरहरुले ज्याला वाफत पाएको रकम लुटेर भागेको खबरपछि डिउटीमा खटिएका बेला जोशीसहित प्रहरी जवान रविन्द्र, नेगी र थानेश्वर पन्तमाथि एक समूहले आक्रमण गर्दै निर्घात कुटपिट गरेको थियो । ती प्रहरी कर्मचारीको हत्या गरी ईटा भट्टामा जलाउने पूर्व योजना अनुसार भएको भनिएको उक्त घटनामा तत्कालीन समयमा प्रहरी अधिकारीहरुले भागेर ज्यान जोगाएका थिए ।

‘मजदुरको सुरक्षासँगै रकम लुट्नेलाई पक्राउ गर्न हामी गएका थियौँ । तर त्यो दिन हामीमाथि हमला भयो । चारैतिरबाट घेरा हालेर हामीमाथि आक्रमण भयो । म ईटा भट्टामै ढलेछु’ जोशीले भने, ‘३ जना मध्ये प्रहरी जवान रविन्द्र नेगी भाई भाग्न सफल हुनुभएको रहेछ । उहाँले नै जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि तत्कालै थप प्रहरी घटना स्थल पुगे ।’

त्यति बेला ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिए पनि राजनीतिक संरक्षण र आर्थिक लाभमा आफूहरुमाथि आक्रमण गर्नेहरुले उन्मुक्ति पाएको प्रहरी सहायक निरीक्षकबाट सेवा निवृत्त भईसकेका जोशी बताउँछन् । जिल्ला अदालत, पुनरावेदन हुँदै सर्वोच्चसम्म मुद्दा पुगेपनि दोषीमाथि कुनै कारवाही नभएपछि त्यो घटनाले अहिले पनि उनीहरुलाई झस्काउने गरेको छ । उक्त घटनामा तत्कालीन समयका जिल्ला स्तरका प्रहरी अधिकारीहरुले समेत कुटपिटमा संलग्नलाई सघाएको गुनासो पीडित प्रहरीले गर्दै आएका थिए । 

जुगेडामा २०६५ सालमा अस्थायी प्रहरी पोष्ट स्थापना भएपनि २०५८ सालदेखि नै त्यहाँ प्रहरीको उपस्थित रहेको थियो । त्यतिबेलादेखि नै प्रहरीमाथि हमला हुदै आएको थियो । २०५८ सालमा जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक शंकरदेव साहुमाथि समेत निर्घात कुटपिट गरिएको स्थानीयले बताएका छन् ।

अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि समेत पटक पटक प्रहरीमाथि कुटपिट हुदै आएको थियो । प्रहरी मात्र नभएर सीमामा खटिने सशस्त्र प्रहरीमाथि पनि कुटपिट भएका घटना छन् तर ती घटनाहरु गुपचुपमै मिलाइएको दावी गरिन्छ ।

विगतमा सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरुलाई कारवाहीको दायरा नल्याएकै कारण पछिल्लो हत्याकाण्ड भएको स्थानीयले बताउने गरेका छन् । २०६५ सालमा प्रहरी चौकी निर्माण समितिका संयोजक समेत रहेका स्थानीय भरत बहादुर विष्टले भने, ‘विगतका घटनाका अवशेषको उपज यो घटना हुनु पुग्यो ।’

यो बीचमा सशस्त्र प्रहरीका दर्जन बढी अधिकारीहरुमाथि आक्रमण गरी घाइते बनाएका घटना भएपनि बाहिर आएका छैनन् । जुन कुरा सशस्त्र प्रहरीका अधिकारीहरुले समेत स्वीकार्दै आएका छन् । गत असोजमा जुगेडास्थित बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान वेपत्ता भएका थिए । उनी नदीमा डुबेको अवस्थामा भेटिए पनि घटनाको रहस्य अझै बाहिर आएको छैन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिह प्रहरी अपराध अनुसन्धानमा खटिने भएकाले जुनसुकै क्षेत्रमा पनि चुनौती नै रहेको बताए । तर पर्याप्त जनशक्तिको अभाव, पूर्वाधारको कमी लगायतका कारण थप समस्या सिर्जना हुने गरेको उनी बताउँछन् ।

यद्यपी प्रहरी अपराधीसँग भागेर नबस्ने उनले बताए । विगतमा सुरक्षाकर्मीमाथि हुने आक्रमणका घटनाको पुनरावृत्ति पछिल्लो पटक प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्याकाण्ड भएको प्रहरी अधिकारीहरु समेत बताउँछन् । यता जिल्ला प्रशासन कार्यालय कैलालीले अब त्यस क्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर पूर्वाधार सहित थप सुरक्षाकर्मी खटाउने जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले पूर्वाधारसहित त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाउने विषयमा छलफल भैरहेको जानकारी दिए । चोरी तस्करीको ट्राजिन्ट प्वाईन्ट मानिदै आएको जुगेडा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले चनाखो बन्नुपर्ने सुझाव दिइएको छ ।

सम्बन्धित समाचार 

जुगेडाकै ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई, जो भाग्यले जोगिए

धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

धनगढीमा अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष

धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए

असईको हत्यापछि धनगढीबासी भन्छन्– प्रहरी नै असुरक्षित भए, हाम्रो सुरक्षा कसले गर्छ?

धनगढीमा असईको हत्यामा संलग्न भएको आशंकामा ११ जना पक्राउ

भूमिहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए

धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी

प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ

धनगढीमा असई हत्या प्रकरणः घटनाबारे सत्यतथ्य नआएसम्म आफन्तले शव नबुझ्ने

धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ

धनगढीमा सहकर्मी वेपत्ता भएको १० घण्टा सम्म कैलाली प्रहरीले किन खोजी गरेन?

वेपत्ता प्रहरी जवानका परिवारमा जिवितै छ, आशाको त्यान्द्रो

वेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय, त्रास पनि उत्तिकै

असईको हत्यापछि सिआईबीको टोली धनगढीमा

धनगढीमा प्रहरी हत्या प्रकरण: राष्ट्रिय युवा संघद्वारा दोषीमाथि कारवाहीको माग

धनगढीमा हत्या गरिएका असईको शव परिवारले बुझे

असई गोविन्दको उच्च सम्मानसहित अन्त्येष्टि

तस्करीको ट्रान्जिट प्वाइन्टमा जनपथ र सशस्त्रको बेमेल, निम्त्यायो दुर्घटना !

असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ

‘असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाईदियौँ’

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’

प्रहरी हत्याका अभियुक्तको बयान: बाटो क्लियर देखेपछि मटर लग्यौँ, छेकेपछि मार्‍यौं

को थिए, ती तस्कर ? जसले असई र जवानको विभत्स हत्या गर्न लगाए

धनगढीमा प्रहरी हत्याकाण्ड: हत्याको आरोपमा थप एक जना पक्राउ

प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

सुदूरपश्चिमका डिआइजी भन्छन्, अनुसन्धानको सियो अब केराउ तस्करीमा सोझियो

जुगेडाकै ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई, जो भाग्यले जोगिए

कैलाली प्रहरी हत्याकाण्डबारे गृह र प्रहरी प्रधान कार्यालय किन मौन ?

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस