सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट पारित भएपछि अर्थमन्त्रीले भने–असन्तुष्टिलाई अवसर मान्दा सफल भए

२०७६ असार २६, ०७:४० जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले  आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि असार १ गते ल्याएको २८ अर्ब १६ करोडको बजेट बीहिबार प्रदेशसभा बैठकबाट सर्वसम्मतीले पारित भएको छ। सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको  चौतर्फी आलोचना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा र सत्तारुढ दलकै सांसदको असन्तुष्टिको घेराबन्दीमा परेको थियो।

भ्रष्टाचार र लुट मच्चाउने गरी सरकारले असन्तुलित र कार्यकर्तामुखी बजेट ल्याएको भन्दै संशोधनको माग सहित रातो किताब नै जलाएर लगातार प्रतिपक्षी कांग्रेस र राजपाले २१ दिन सम्म संसद चल्न दिएको थिएन् भने सत्तारुढ दलकै २५ जना बहुमत सांसदले समेत बजेट असन्तुलित भएको भन्दै कमीकमजोरी सच्याउन माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई संयुक्त हस्ताक्षर सहितको वक्तव्य बुझाएका थिए।

सरकारसंग भएको भनिएको भद्र सहमती पछि प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपा विरोधबाट पछि हटेका थिए तर सत्तारुढ दलका सांसदले भने छलफलका क्रममा सभामा खुलेरै बजेटको घुमाउरो शैलीमा आलोचना गर्दै आएका थिए। यी विभिन्न बाधा अवरोधलाई पन्छ्याउदै प्रदेश सरकारका अर्थमन्त्री झपट बोहोरा अन्ततः बीहिबार भने प्रदेशसभा बैठकबाट बजेट सर्वसम्मतीले पारित गराउन सफल भए।

बजेट पारित भएपछि हसिलो मुहारमा देखिएका बोहोराले संसदमै सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदसंग खुसि साटासाट समेत गरे। बजेट पारित हुनुपूर्व छलफलका क्रममा उठान भएकाका प्रश्नको जवाफ दिदै बोहोराले सांसद र अन्य सरोकारवालाले बजेटमा दिएका रचानात्मक सुझाव ग्रहण गर्दै बजेटमा सबैले अपनत्व हुनेगरी लैजाने भन्दै सांसदहरुलाई आश्वस्त समेत तुल्याए।

बोहोराले बजेटमा सबैजनालाई सन्तुष्ट पार्न नसकिने हुँदा केही असन्तुष्टि देखा पर्नु स्वाभाविक कुरा भएको उल्लेख गर्दै ती असन्तुष्टिहरुलाई आफूले अवसरको रुपमा लिएकै कारण सफल भएको प्रतिक्रिया दिए। बोहोराले भने,‘सबैलाई सन्तुष्टि हुने किसिमले कुनै सरकारको बजेट कहि पनि आएको मेरो जानकारीमा छैन्, बजेटमा अली अली असन्तुष्टि त भईहाल्छ।’

बोहोराले अगाडी थप्दै भने, ‘त्यो असन्तुष्टिलाई लोकतन्त्रको गहना ठान्नुपर्छ, मैले त्यो असन्तुष्टिलाई असन्तुष्टि नमानेर अवसरको रुपमा लिएको छुँ र म सफल भएको पनि मैले बुझेको छुँ। ’ उनले चालु आर्थिक वर्षमा आवश्यक संरचना खडा नभइसकेको र कर्मचारी अभावका कारण सोचे अनुसार बजेट कार्यान्वयन गर्न नसकिएको उनको भनाई थियो।

उनले अहिले सम्म ५४ प्रतिशत बजेट खर्च गरेको उल्लेख गर्दै असार मसान्त सम्म करिब ७० प्रतिशत खर्च हुने दावी गरे। तर अगामी आर्थिक वर्षमा भने यो अवस्था नदोहोरिने बताउँदै बोहोराले ९० प्रतिशत बजेट खर्च गरेरै छोड्ने ठोकुवा गरे। उनले त्यसका लागि आवश्यक संरचना समेत सरकारले तयार गरिसकेको प्रतिक्रिया दिएका छन्।  

सम्बन्धीत समाचार 

सुदूरपश्चिमको बजेट पारित

सुदूरपश्चिमको संसदमा भ्रष्टाचारको नमूना देखाउँदै लेखा समितिकी सभापति बम

सुदूरपश्चिमका सात जना सासंदको क्षेत्रमा मन्त्रीको भन्दा बढि बजेट

मुख्यमन्त्री भन्दा कांग्रेसका सांसदको क्षेत्रमा बढि बजेट

नेकपा प्रमुख सचेतकको टिप्पणी : लोकप्रिय सरकारको बजेटमा धेरै सांसदले मन खुम्च्याएका छन्

सुदूरपश्चिमको २० प्रतिशत विकास बजेट मुख्यमन्त्री, सभामुख र चार मन्त्रीको क्षेत्रमा

बजेट विवादले संकटमा सुदूरपश्चिम सरकार

सुदूरपश्चिमको बजेट : विरोधमा रहेको कांग्रेस र राजपाले पनि संशोधनको एजेण्डा छोडेर भाग माग्यो

नेकपाका सुदूरपश्चिमका प्रमुख सचेतक तामाङले भने – मेरो पनि बजेटमा असन्तुष्टि हुनसक्छ

प्रतिपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगीत

यथास्थितीमा सुदूरपश्चिमको संसद चल्न दिदैनौँ –कांग्रेस र राजपा

सात प्रदेशमा सुदूरपश्चिमका सांसदलाई सवैभन्दा बढि बजेट

सुदूरपश्चिम सरकारको अर्को चलाखी : आफूखुसि बजेट वितरण गर्न १४ करोडका बेनामी योजना

सुदूरपश्चिमको बजेट– ‘काले काले मिलेर खाउँ भाले’

सुदूरपश्चिम सरकारको बजेटमा १० हजारका योजना समावेश

सुदूरपश्चिममा विकास बजेट ४६ प्रतिशत मात्रै, डल्लो बजेट ढाई अर्व

सुदूरपश्चिमको संसद बैठक तेस्रो पटक पनि स्थगीत

सुदूरपश्चिम प्रदेश सभामा फेरी प्रतिपक्षी दलको अवरोध, सदन १५ गते सम्मका लागि स्थगित

बजेटको विरोधमा सुदूरपश्चिमका कांग्रेस र राजपाका सासंदले जलाए रातो किताव

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस