सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा प्रमुख सचेतकको टिप्पणी : लोकप्रिय सरकारको बजेटमा धेरै सांसदले मन खुम्च्याएका छन्

२०७६ असार २३, १२:१२ जनक विष्ट

२२ दिनपछि चलेको आईतबारदेखि चलेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफल सुरु भएको छ। आईतबार अर्थमन्त्री झपट बोहोराले पेश गरेको बजेटमाथिको समान्य छलफल सम्बन्धीको प्रस्तावमा आजदेखि छलफल सुरु भएको हो।

आज बिहान बसेको प्रदेशसभा बैठकमा बजेटमाथि तीनजना प्रदेशसभा सदस्यहरुले धारणा राखेका छन्। बजेटमाथि नेकपाका प्रमुख सचेतक तारालामा तामाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका श्यामलाल रानाथारु र टेकबहादुर रैकाले आ–आफ्नो धारणा राखेका हुन्।

बजेटमाथि धारणा राख्दै सत्तारुढ दल नेकपाका प्रमुख सचेतक समेत रहेका सांसद तारालामा तामाङले लोकप्रिय सरकारले लोकप्रिय बजेट ल्याएको बताएका छन्। बजेटप्रती असन्तुष्टि जनाउँदै पार्टीभित्र हस्ताक्षर अभियान नै चलाएका प्रमुख सचेतक तामाङले लोकप्रिय सरकारको लोकप्रिय बजेटमा जनताका चाहाना आवश्यकतामा ध्यान दिएको हुनुपर्छ भन्दै धेरै सांसदले मन खुम्च्याएको उल्लेख गरे।

‘बजेटप्रती धेरै सांसदले मन खुम्च्याएका छन्,’ तामाङले भने, ‘तर सरकारले सबैलाई मिलाएर लैजान्छु भनेको भएकाले आशाको दियो बलेकै छ।’ तमाङले सांसदहरुको असन्तुष्टिको विषयलाई जोडदै ,‘बजेटप्रती कोही खुसि र कोही दु ःखी छन्, केही साथीहरु न्यास्रो न्यास्रो मानिरहेका छन्।’ भनेका छन्।

तर तामाङले बजेट असन्तुलित भएको भन्दै प्रतिपक्षी दलले रातो किताब जलानु अस्वभाविक काम भएको टिप्पणी गरे।‘बजेट राम्रो आएको छ तर विपक्षीले रातो किताब जलाएर महान क्रान्तिकारी काम गरेको छ।

’यस्तै बजेटमाथिको छलफलमा भाग लिएका प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद श्यामलाल रानाथारुले कुनै क्षेत्रमा २० करोड बजेट पर्दा कुनैमा दुई करोड मात्र पर्नु राम्रो नभएको टिप्पणी गरे। उनले गत वर्ष कार्यान्वयन नै नभएका योजनामा पनि बजेट हालिएको समेत जनाए। अर्का सांसद टेकबहादुर रैकाले भद्र सहमती अनुसार सरकारले ५३ जना सांसदलाई नै समान रुपले हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस