सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात प्रदेशमा सुदूरपश्चिमका सांसदलाई सवैभन्दा बढि बजेट

२०७६ असार २, ११:०३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारको कुल विकास बजेटको साढे ७ प्रतिशत प्रदेश सभा सदस्य (सांसद) ले खर्च गर्ने भएका छन्। प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम’का लागि भन्दै प्रदेश सासंदलाई विनियोजन गरेको बजेट झण्डै साढे ७ प्रतिशत हुन आउँछ। प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो।

सुदूरपश्चिममा १६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। अधिकार सम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै प्रदेश सरकारले सांसदको तजबिजीमा खर्च गर्ने गरी ९६ करोड बजेट विनियोजन गरेको हो। सात प्रदेशमा सवैभन्दा बढि बजेट सुदूरपश्चिमसंगै प्रदेश २ र ३ का सासंदहरुले पाउने छन्। तीन वटै प्रदेशले प्रतिसांसद ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेका छन्।

चालु आर्थिक बर्षमा प्रदेश सभा सदस्यलाई २–२ करोडका दरले बजेट विनियोजन गरेको थियो। तर चालु आर्थिक बर्षमा पनि सासंदको तजबिजीम खर्च भईरहेको बजेटको चरम दुरुपयोग भईरहेको आरोप लाग्दै आएको छ। आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिमा राख्दै प्रदेश सभा सदस्यहरुले आफुखुसी योजना छनौट गरि बजेट खर्च गर्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस