सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको संसद बैठक तेस्रो पटक पनि स्थगीत

२०७६ असार १०, ०६:१३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रो पटक पनि स्थगीत भएको छ। सरकारले अगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै रातो किताब जलाएको प्रमुख प्रतिपक्षी दल कांग्रैस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि भोलीका लागि बोलाईएको बैठक पनि स्थगीत गरिएको हो। 

प्रदेशसभा सचिवालयका सचिव कृष्ण सिह धामीले भोलीका लागि बोलाईएको बैठक  पर्सी दिउँसो ३ बजेलाई सारिएको जानकारी दिए। यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ८ गते  सम्मका लागि बैठक स्थगीत गरेका थिए।

सरकार र प्रतिपक्षी दलबिच समझदारी नजुटेपछि बैठक असार ११ गतेका लागि सारिएको थियो। बजेटको विरोधमा रहेका कांग्रेस र राजपालाई मनाउने कसरतमा सरकार रहेको छ।
 

कमेन्ट लोड गर्नुस