सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाका सुदूरपश्चिमका प्रमुख सचेतक तामाङले भने – मेरो पनि बजेटमा असन्तुष्टि हुनसक्छ

२०७६ असार १५, ०५:१८ खबर संवाददाता

प्रतिपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुन सकेको छैन्। कार्यकर्ता पोस्ने शैलीमा सरकारले भ्रष्टाचार र लुट मच्चाउने गरी बजेट ल्याएको भन्दै विरोधमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले रातो किताब नै जलाएका छ भने वार्तामा समेत सरकार हलुका ढंगले प्रस्तुत भएको आरोप लगाउदै आएका छन्।

तर बजेटमाथि प्रतिपक्षी मात्र नभएर सत्तारुढ दलकै कतिपय सांसदहरु असन्तुष्ट रहेको भन्ने कुराहरु सार्वजनि भइरहेका बेला नेकपाका प्रमुख सचेतक तारालामा तामाङले उक्त कुरालाई घुमाउरो शैलीमा स्वीकार गरेका छन्। आज दिउँसो सुदूरपश्चिम प्रदेशसभा भवन अगाडी सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै प्रमुख सचेतक तामाङले आफ्नो पनि बजेटमा असन्तुष्टि रहेको स्वीकार गरेका हुन्।

उनले भने,‘व्यक्तिगत रुपमा सन्तुष्ट असन्तुष्ट भन्दा पनि म पनि एउटा निर्वाचन क्षेत्रको जनप्रतिनिधी भएको हुनाले, त्यहाँको जनप्रतिनिधीको हैसियतले चाँही अली अली हुनसक्छ।’तामाङले सत्तापक्षका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका लागि माग गरेका बजेट असन्तुलित भएको विषयमा संसदीय दलको बैठकमा राख्न पाउने अधिकार अनुसार राखेको पनि बताए। तर संसदीय दलको बैठकमा कुरा राख्न मिल्ने÷नमिल्ने भन्ने चाँही नहुने उनले जनाए।

प्रतिपक्षी दलसंगै पार्टी भित्रकै असन्तुष्ट सांसदहरुसंग पनि सरकारले छलफल गरिरहेको तामाङले बताए। सत्तारुढ दलका केही सांसदहरुले मन्त्रीहरुले आफूखुसि बजेट वितरण गरेको आरोप पनि लगाएका छन्।  सत्तारुढ दल भित्रको खिचातानी र प्रतिपक्षी दलको विरोधकै कारण प्रदेश सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको २८ अर्ब १६ करोडको बजेटमाथि १५ दिन बितिसक्दा समेत छलफल सुरु हुन सकेको छैन्।    
 

कमेन्ट लोड गर्नुस