सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेटको विरोधमा सुदूरपश्चिमका कांग्रेस र राजपाका सासंदले जलाए रातो किताव

२०७६ असार ५, ०३:३२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेश सासंदहरुले रातो किताव जलाएका छन्। सरकारले ल्याएको बजेट प्रदेशबासीको हितमा नभएको भन्दै सांसदहरुले प्रदेश सभाको गेटमै आगामी आर्थिक वर्षको वजेट र वार्षिक कार्यक्रम समेटिएको  रातो किताव जलाएका हुन्। सदनको समेत अपमान गर्ने किसिमले प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि ल्याएको बजेट असन्तुलित रहेको आरोप उनीहरुको रहेको छ।

सांसदहरुले रातो किताबलाई ब्ल्याङ्क बुकको संज्ञा दिएका छन्। यसअघि आज दिउँसो तीन बजे बोलाईएको प्रदेश सभा बैठकमा समेत काग्रेस र राजपाले अवरोध सिर्जना गरेको थियो। बजेटकै विषयलाई लिएर कांग्रेस र राजपाका सांसदहरुले बैठक सुरु हुने बितिकै आ–आफ्नो सिटमा उभिएर अवरोध जनाएका थिए। अवरोधपछि सभामुख अर्जुन बहादुर थापाले धारणा राख्ने समय उपलब्ध गराएका थिए। प्रतिपक्षी दलका तर्फबाट सांसद भरत खडकाले सदनको समेत अपमान हुने गरी बजेट ल्याईएको संशोधन नहुदा सम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए।  कार्यकर्तामुखी हुनेगरी ल्याईएको बजेटले प्रदेशको विकास र समृद्धि नभएर लुट र भ्रष्टाचार बढाउने सांसद खडकाको भनाईर रहेको छ। 

उनले कांग्रेस र राजपाले बजेट संशोधन नगरिदा सम्म अवरोध जारी राख्ने बताएपछि पनि सभामुखले बस्न आग्रह गरे तर सांसदहरु उभिरहेपछि सभामुखले बैठक आउँदो असार  ८ गते सम्मका लागि स्थगीत गरेका छन्। तर प्रतिपक्षी दलले भने बजेट संशोधन नभए सम्म सदन चल्न नदिने चेतावनी दिएका छन्। 
कुनै पनि हालतमा बजेट संशोधन हुदैन – अर्थमन्त्री बोहोरा 
यता प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले प्रतिपक्षी दलले विरोध गर्र्दैमा बजेट संशोधन नहुने बताएका छन्। प्रदेशसभा भवन अगाडी सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री बोहोराले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सन्तुलित भएको भन्दै कुनै पनि हालतमा संशोधन नहुने प्रतिक्रिया दिए। प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री बोहोराले सभामा प्रस्तुत भएको आर्थिक वर्ष २०७६÷७७ को बजेटका सम्बन्धमा संक्षिप्त वक्तव्य दिने र बजेटमाथिको समान्य छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो। 

 

कमेन्ट लोड गर्नुस