सुदूर नेपाललाई विश्वसँग जोड्दै

यथास्थितीमा सुदूरपश्चिमको संसद चल्न दिदैनौँ –कांग्रेस र राजपा

२०७६ असार १४, ०१:१४

भ्रष्टाचार र लुट मच्चाउने गरी सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले यथास्थितीमा संसद चल्न नदिने जनाएका छन्। सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट कार्यकर्ता पोस्ने र भ्रष्टाचार बढाउने खालको रहेको भन्दै यसअघि दुई पटक प्रदेशसभामा अवरोध सिर्जना गरी बैठक  चल्न नदिएका प्रतिपक्षी दललले आईतबारका लागि बोलाईएको बैठक समेत अवरोध गर्ने संकेत गरेको हो।

आज धनगढीमा संयुक्त रुपमा पत्रकार सम्मेनल गर्दै दुवै दलले यथास्थितीमा प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता डा. रणवहादुर रावलले प्रदेश सरकारले प्रदेश गौरवका योजनाको वेवास्ता गरी कार्यकर्तालाई पोस्ने गरी बजेट ल्याएको आरोप लगाए।

उनले सरकारले अगामी वर्षको बजेटमा एक हजार ५ हजार देखि २० हजार सम्मका पयोजना समावेश गरिएकाले त्यसलाई सुधार नगरे सम्म बैठक चल्न नदिने चेतावनी दिए। यो बिचमा सरकारले तीन पटक आफूहरुलाई वार्तामा बोलाएको उल्लेख गर्दै रावलले पर्याप्त गृहकार्य विनाका वार्ता निष्कर्ष विहिन भएको जनाए। उनले सरकार दुई तिहाईको आडमा वार्तामा समेत गम्भीर रुपमा प्रस्तुत नभएको आरोप लगाए।

कांग्रेसकै अर्का प्रदेशसभा सदस्य भरत बहादुर खड्काले सरकारले बजेटमा रहेका त्रुटीहरु नसच्याएमा यथास्थितीमा कुनै पनि हालतमा सदन चल्न नसक्ने बताए। उनले बजेटमा आफ्ना योजना बजेटमा नसमेटिँएको भन्दा पनि कार्यकर्ता पोस्ने गरी ल्याईएको बजेटले समृद्धि हासिल नगर्ने भएकाले संदनमा अवरोध सिर्जना गर्दै रातो किताब जलाएको दावी गरे।

राजपाका प्रदेशसभा सदस्य कृष्ण चौधरीले पनि असन्तुलित र विभेदकारी बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने तर्क गरे।  यस्तै प्रतिपक्षी दलले प्रदेशको समृद्धिसंग महत्व राख्ने योजना बजेटमा समावेश गर्न माग गर्दै सूची सार्वजनिक गरेको छ। उनीहरुले वषौँदेखि अलपत्र परेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको कार्य अगाडी बढाउन, धनगढी विमान स्थलको स्तरोन्नती गरी अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न जग्गा खरिद र डिपिआर बनाउन, बन्द अवस्थामा रहेका प्रदेश भित्रका अन्य महत्वपूर्ण विमानस्थल सुचारु गर्नका लागि आवश्यक बजेट विनीयोजन गर्न माग गर्दै १६ योजना प्रस्तुत गरेको छ।   

 
 
 

कमेन्ट लोड गर्नुस