सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बजेट विरुद्ध सत्तारुढ दलकै २५ सांसदको हस्ताक्षर

२०७६ असार १७, ११:३२ जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेकपाकै २५ जना सांसदले हस्ताक्षर गरेका छन्। प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री सभामुख, उपसभामुख बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाका २९ जना सांसद मध्ये २५ जनाले बजेटमाथि असन्तुष्टि जनाउँदै हस्ताक्षर गरेको बताईएको छ। अन्य चार जना सांसद पनि बजेटमा असन्तुष्ट रहेको भएपनि धनगढी बाहिर भएकाले हस्ताक्षर गर्न नपाएको स्रोतले बताएको छ।

आफूहरुलाई वाईपास गरी मन्त्रीहरुले आफुखुसी बजेट वितरण गरेपछि असन्तुष्ट सांसदहरुले हस्ताक्षर संयुक्त हस्ताक्षर संकलन गरी मुख्यमन्त्री त्रिलोचन भट्टलाई आजै बुझाउने कार्यक्रम रहेको छ। बजेटप्रती असन्तुष्टी जनाउँदै आएका नेकपाका प्रमुख सचेतक तारालामा तामाङकै नेतृत्वमा सोमबार साँझ हस्ताक्षर संकलन अभियान सुरु गरिएको थियो। प्रदेश सरकारका मन्त्रीहरुले एकलौटी गर्दै असमान ढंगले बजेट वितरण गरेको भन्दै सुरु देखि नै नेकपा भित्र व्यापक असन्तुष्टि रहेको थियो।

नेकपाकै बहुमत सांसदले बजेट असन्तुलित ढंगले वितरण भएको भन्दै विरुद्धमा हस्ताक्षर गरेपछि प्रदेश सरकार मन्त्रीहरुको भुमिका माथि प्रश्न खडा भएको छ। केही दिन पहिले नेकपा स्थायी कमिटि सदस्य समेत रहेका प्रतिनिधीसभा सांसद लेखराज भट्टको प्रमुख आथित्वमा बसेको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने समझदारी जुटेको थियो।

तर ‘बजेटको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले माग गरे अनुसार प्रदेश सरकार बजेट दिन तयार देखिएपछि पार्टी भित्र  आन्तरिक विवाद बढ्यो।’ स्रोतले भन्यो। आफूहरुलाई उपेक्षा गरी प्रतिपक्षी दलका सांसदहरुलाई फेरी बजेट पार्न खोजिएपछि पार्टी भित्र हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो। नेकपाका सांसदहरुले उसै पनि प्रतिपक्षी दलका सांसदको निर्वाचन क्षेत्रमा धेरै बजेट पारेको भन्दै असन्तुष्टि जनाउदै आएका थिए।

तर भ्रष्टाचार र लुट मच्चाउने गरी आएको बजेट संशोधनको माग गर्दै आएको रातो किताब जलाएर विरोधमा उत्रिएका प्रतिपक्षी दलका सांसदलाई बजेट दिएर आश्वस्त पार्न खोजेपछि नेकपा भित्रको असन्तुष्टि पनि सतहमा आएको हो। सरकार, प्रतिपक्षी दलले राखेको प्रत्यक्ष निर्वाचित  सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई एक करोड दिन भनि गरेको प्रस्तावको सहमती नजिक पुगेका बेला पार्टी भित्रै  बजेटको विरोधमा हस्ताक्षर संकलन अभियान चलाईएको हो। प्रदेश सरकारले गत असार १ गते प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोडको बजेट प्रस्तुत गरेको थियो। 

 सम्बन्धीत समाचार 

सुदूरपश्चिमको बजेट विरुद्ध सत्तारूढ सांसदद्धारा हस्ताक्षर संकलन

सुदूरपश्चिमको बजेट : विरोधमा रहेको कांग्रेस र राजपाले पनि संशोधनको एजेण्डा छोडेर भाग माग्यो

नेकपाका सुदूरपश्चिमका प्रमुख सचेतक तामाङले भने – मेरो पनि बजेटमा असन्तुष्टि हुनसक्छ

प्रतिपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगीत

यथास्थितीमा सुदूरपश्चिमको संसद चल्न दिदैनौँ –कांग्रेस र राजपा

सात प्रदेशमा सुदूरपश्चिमका सांसदलाई सवैभन्दा बढि बजेट

सुदूरपश्चिम सरकारको अर्को चलाखी : आफूखुसि बजेट वितरण गर्न १४ करोडका बेनामी योजना

सुदूरपश्चिमको बजेट– ‘काले काले मिलेर खाउँ भाले’

सुदूरपश्चिम सरकारको बजेटमा १० हजारका योजना समावेश

सुदूरपश्चिममा विकास बजेट ४६ प्रतिशत मात्रै, डल्लो बजेट ढाई अर्व

सुदूरपश्चिमको संसद बैठक तेस्रो पटक पनि स्थगीत

सुदूरपश्चिम प्रदेश सभामा फेरी प्रतिपक्षी दलको अवरोध, सदन १५ गते सम्मका लागि स्थगित

बजेटको विरोधमा सुदूरपश्चिमका कांग्रेस र राजपाका सासंदले जलाए रातो किताव

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस