सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बजेट विरुद्ध सत्तारूढ सांसदद्धारा हस्ताक्षर संकलन

२०७६ असार १६, ०८:१५ जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६-७७ का लागि ल्याएको बजेटको विरोधमा सत्तारुढ दल नेकपा भित्रै हस्ताक्षर संकलन  अभियान सुरु भएको छ। प्रदेश सरकारले बजेट असन्तुलित र असमान ढंगले वितरण गरेको भन्दै असन्तुष्ट रहेका सांसदहरुले सरकारलाई दवाव दिन सोमबार साँझबाट पार्टीभित्रै हस्ताक्षर अभियान सुरु गरेका हुन्।

स्रोतका अनुसार नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङको नेतृत्वमा धनगढी स्थित संसदीय दलको कार्यालयमा हस्ताक्षर संकलनको काम अहिले पनि जारी छ। पार्टी भित्र बजेटप्रती असन्तुष्टी जनाउँदै आएका नेकपाका १५ जना सांसदले हस्ताक्षर गरिसकेको दिनेश खबरलाई स्रोतले बतायो। अहिले पार्टीका प्रमुख सचेतक तामाङको नेतृत्वमा असन्तुष्ट सांसदहरुको हस्ताक्षर संकलन गर्ने काम जारी छ। उक्त हस्ताक्षर मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने कार्यक्रम रहेको छ।

दिनेश खबरलाई स्रोतले भन्यो, ‘हस्ताक्षर गर्नेमा पार्टीका सचेतक अक्कल बहादुर रावल, सांसद रतन थापा, लालबहादुर खड्का, मान बहादुर सुनार, प्रेम प्रकाश भट्ट लगायतका रहेका छन्।’ ‘अहिले सम्म १५ जना सांसदको हस्ताक्षर संकलन भईसकेको छ। ’यसअघि नेकपाका प्रमुख सचेतक तारालामा तामाङले आईतबार प्रदेशसभा भवन अगाडी सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै जनप्रतिनिधी भएका कारण बजेटमा आफ्नो पनी असन्तुष्टि हुन सक्छ भनेका थिए। 

कांग्रेस र राजपालाई भाग दिएर सन्तुष्ट  पार्न खोज्दा आन्तरिक विवाद बढ्यो
प्रदेश सरकारका मन्त्रीहरुले एकलौटी गर्दै असमान ढंगले बजेट वितरण गरेको भन्दै सुरु देखि नै नेकपा भित्र व्यापक असन्तुष्टि रहेको थियो। केही दिन पहिले नेकपा स्थायी कमिटि सदस्य समेत रहेका प्रतिनिधीसभा सांसद लेखराज भट्टको प्रमुख आथित्वमा बसेको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने समझदारी जुटेको थियो।

तर ‘बजेटको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले माग गरे अनुसार प्रदेश सरकार बजेट दिन तयार देखिएपछि पार्टीभित्र आन्तरिक विवाद बढ्यो।’ स्रोतले भन्यो। आफूहरुलाई उपेक्षा गरी प्रतिपक्षी दलका सांसदहरुलाई फेरी बजेट पार्न खोजिएपछि पार्टीभित्र हस्ताक्षर अभियान सुरु गरिएको हो।

नेकपाका सांसदहरुले उसै पनि प्रतिपक्षी दलका सांसदको निर्वाचन क्षेत्रमा धेरै बजेट पारेको भन्दै असन्तुष्टि जनाउदै आएका थिए। तर भ्रष्टाचार र लुट मच्चाउने गरी आएको बजेट संशोधनको माग गर्दै आएको रातो किताब जलाएर विरोधमा उत्रिएका प्रतिपक्षी दलका सांसदलाई बजेट दिएर आश्वस्त पार्न खोजेपछि नेकपा भित्रको असन्तुष्टि पनि सतहमा आएको हो।

सरकार, प्रतिपक्षी दलले राखेको प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई एक करोड दिन भनि गरेको प्रस्तावको सहमती नजिक पुगेका बेला पार्टीभित्रै हस्ताक्षर अभियान सुरु भएको हो। प्रदेश सरकारले गत असार १ गते प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोडको बजेट प्रस्तुत गरेको थियो। प्रतिपक्षी दलको विरोधकै कारण बजेटमाथिको छलफल सुरु नभएका बेला नेकपा भित्र हस्ताक्षर संकलन अभियान सुरु भएको हो। 

 सम्बन्धीत समाचार 

सुदूरपश्चिमको बजेट : विरोधमा रहेको कांग्रेस र राजपाले पनि संशोधनको एजेण्डा छोडेर भाग माग्यो

नेकपाका सुदूरपश्चिमका प्रमुख सचेतक तामाङले भने – मेरो पनि बजेटमा असन्तुष्टि हुनसक्छ

प्रतिपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगीत

यथास्थितीमा सुदूरपश्चिमको संसद चल्न दिदैनौँ –कांग्रेस र राजपा

सात प्रदेशमा सुदूरपश्चिमका सांसदलाई सवैभन्दा बढि बजेट

सुदूरपश्चिम सरकारको अर्को चलाखी : आफूखुसि बजेट वितरण गर्न १४ करोडका बेनामी योजना

सुदूरपश्चिमको बजेट– ‘काले काले मिलेर खाउँ भाले’

सुदूरपश्चिम सरकारको बजेटमा १० हजारका योजना समावेश

सुदूरपश्चिममा विकास बजेट ४६ प्रतिशत मात्रै, डल्लो बजेट ढाई अर्व

सुदूरपश्चिमको संसद बैठक तेस्रो पटक पनि स्थगीत

सुदूरपश्चिम प्रदेश सभामा फेरी प्रतिपक्षी दलको अवरोध, सदन १५ गते सम्मका लागि स्थगित

बजेटको विरोधमा सुदूरपश्चिमका कांग्रेस र राजपाका सासंदले जलाए रातो किताव

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस