भागरथीका परिवारले १४ दिनदेखि अस्पतालमै रहेको शव बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाएँ’
धनगढीः अभिभावकको रहोबरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्विकारेपछि भागरथीका परिवारले शव बुझ्ने भएका छन्। बलात्कारपछि भागरथीको हत्या अभियोगमा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टले घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै शव बुझ्न अस्वीकार गरेका परिवारले आज शव बुझ्ने बताएका छन्।
मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने दिनेशखबरलाइ बताए।उनले अभियुक्त आफ्नै परिवारको सदस्य भएपनि प्रहरीले कानूनको कठघरामा उभ्याएपछि न्याय पाएको अनुभुति भएको प्रतिक्रिया दिए।
गत माघ २१गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारको अडानपछि २३ गतेदेखि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको थियो।
प्रहरीले बलात्कारपछि भागरथीको हत्या गरेको अभियोगमा उनकै भाइ पर्ने दिनेशलाइ बुधबार सार्वजनिक गरेपनि उनीमाथि विश्वास गर्न सकिने खालका सबुत प्रमाण प्रहरीले पेश गर्न नसकेके भन्दा शव बुझ्न अस्वीकार गरिएको थियो।
तर बिहीबार मृतक र अभियुक्तका परिवारलाइ रहोबरमा राखेर जिल्ला सरकारी विकलको कार्यालयमा बयान लिने क्रममा अभियोग स्विकार गरेका थिए। यसअघि प्रहरीलाइ आफूले बलात्कार नगरेको बताउँदै आएका दिनेशले बिहीबार भने भागरथीलाइ सडकबाट लडाएर बेहोस भएपछि एकपटक बलात्कार गरेको बयान दिदै त्यसपछि घाँटी थिचेर हत्या गरेको बताएको उनकै परिवारका सदस्यले बताएका छन्।
दिनेशले यो घटना भागरथीका बुवाले करिब ३० वर्षअघि आफ्नी फुपूमाथि गरेको बलात्कारको बदला लिन घटाएको बयान समेत दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्। मृतक र अभियुक्तका आफन्तले पनि भागरथीका बुवा १६/१७ वर्षको हुँदा त्यो घटना भएको र पछि उनलाइ अदालतबाट ६ महिना कैद सजाय भएको कुरा साँचो भएको स्विकार गरेका छन्।
सम्बन्धित समाचार
‘बुवाकै सामु लिएको बयानमा बलात्कार गरेको पनि स्विकारे’
भागरथी हत्या प्रकरणः दोषी ठहरिए किशोरलाई कस्तो सजाय होला ?
अभियुक्तले देखाए घटनास्थलमा खसेको भागरथीको घडी
अभियुक्तले परिवारसँग पनि भने, ‘भागरथी दिदीको हत्या मैले गरेको हुँ, ठूलो गल्ती भयो’
आफन्तद्वारा भागरथीको शव बुझ्न अझै अस्वीकार
खोचलेकबाट फूलमाला लगाउँदै डीआईजी सुवेदीसहितका प्रहरी अधिकृत विदा भए
भागरथी प्रकरणका आरोपित भट्टलाई म्याद थप गर्न अदालत लगिँदै
भागरथीको हत्यापछि अभियुक्त पनि न्याय माग्न दैनिक प्रर्दशनमा सहभागी !
भागरथी हत्याका अभियुक्तको बयानः 'घरायसी रिसिवीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेँ'
भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका किशोर को हुन् ?
ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै
भागरथी हत्या अनुसन्धान: नेपाल-भारत प्रहरी सहकार्य यसरी हुँदैछ
भागरथी हत्या प्रकरणः महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई बैतडी लगियो
भागरथीको हत्यारा छिट्टै सार्वजनिक नगरे सनातन धर्म माविका विद्यार्थीद्वारा आत्मदाह गर्ने चेतावनी
भागरथी हत्या अनुसन्धान: नेपाल-भारत प्रहरी सहकार्य यसरी
बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका
बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग
अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या
बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग
सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी
बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए
बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्
भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे
भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या
बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन
भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो
भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो
भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि
भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन
बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, परिणाम शून्य