सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो

२०७७ माघ २५, ०४:१० खबर संवाददाता

धनगढी: बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग माग गरेको छ।

आइतबार आयोगले विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउन समेत सरकारसँग आग्रह गरेको हो।

साथै आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन्।

आयोगले घटनाको जानकारीको लागि जिल्ला प्रहरी कार्यालय बैतडीलाई पत्रचार समेत गरिसकेको जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस