भागरथीको हत्यापछि अभियुक्त पनि न्याय माग्न दैनिक प्रर्दशनमा सहभागी !
धनगढीःभागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ।
सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ।
तर प्रर्दशनका क्रममा देखाउने शंकास्पद गतिविधिका कारण प्रहरीले सुरुदेखि नै निगरानीमा राखेर उनका गतिविधि अध्ययन गरिरहेको थियो।
मृतक भागरथीका परिवारले समेत उनीमाथि आशंका गरेका कारण निगरानी बढाएको प्रहरीेले अन्ततः उनैले बलात्कारपछि भागरथीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ।
अभियुक्तले बयानका क्रममा समेत आफूले नै भागरथीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्दैछ।
गत माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो।
घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए।
सम्बन्धित समाचार
ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै
बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका
बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग
अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या
बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग
सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी
बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए
बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्
भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे
भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या
बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन
भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो
भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो
भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि
भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन
बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, प