सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे

२०७७ माघ २५, १०:०० खबर संवाददाता

धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ।

प्रारम्भीक अनुसन्धानबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। 

घटनाको एसएसपीसहित केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको टोलीले अनुसन्धान गरिरहेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रारम्भीक अनुसन्धान सन्तोषजनक रुपमा अघि बढेकाले छिट्टै सफलता प्राप्त हुनेमा बताए। 

‘घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अहिलेसम्मको अनुसन्धान सन्तोषजनक रहेको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले दिनेशखबरसँग भने, अनुसन्धानको दायरा साघुरिदै गएकाले छिट्टै हामी परिणाम सार्वजनिक गछौँ।’ 

उनका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी पनि धनगढीबाट बैतडीतर्फ हिँडेका छन। 

सुवेदी आइतबार बिहान सडकमार्ग मार्फत त्यसतर्फ प्रस्थान गरेको एसएसपी सिंहले बताए। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन्।  
 

कमेन्ट लोड गर्नुस