सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै

२०७७ फाल्गुन ४, ११:२६ Dineshkhabar Desk

धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीलाई सफलता मिलेको छ। 

भट्टको बलात्कारपछि हत्यामा उनकै सहपाटीको संलग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दिनेशखबरलाई बताए। 

उनका अनुसार प्रहरी समक्ष ती युवकले आफुले भागरथीको हत्या गरेको कुरा स्वीकार गरिसकेका छन्। भागरथी स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

भोलि पत्रकार सम्मलेनमार्फत उनलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ। 

यसअघि हत्यामा संलग्न भएको आशंकामा महेन्द्रनगरबाट १ जना सार्वजनिक पदधारण गरेकासहित गरेर दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर पनि प्रहरीले अनुसन्धान गरेको थियो।

दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस