भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका किशोर को हुन् ?
धनगढीः १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेको छ। भागरथी मृत भेटिएको १३ औँ र बेपत्ता भएको १४ औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको पुष्टि गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताएका छन्।
उनले बयानका क्रममा अपराध स्वीकार गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक सिंह बताउँछन्। भट्ट थरका ती युवक भागरथीकै छिमेकी र नातेदार रहेको खुलेको छ।
भागरथी अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।
त्यो दिन बलात्कार गरि पछि हत्या गरेका बयान दिएका उनले भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको हत्या गरिदिएको बताएको प्रहरी स्रोतले जनाएको छ।
घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो। ती युवक भागरथीको न्यायका लागि हुने प्रर्दशनमा समेत सहभागी हुने गरेका थिए।
अभियोग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुगाएको छ।
सम्बन्धित समाचार
ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै
बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका
बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग
अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या
बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग
सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी
बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए
बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्
भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे
भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या
बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन
भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो
भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो
भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि
भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन
बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, परिणाम शून्य