सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्याका अभियुक्तको बयानः 'घरायसी रिसिवीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेँ'

२०७७ फाल्गुन ५, ०७:१५ खबर संवाददाता

धनगढीः १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण 'बलात्कारपछि घाँटी थिचेर हत्या गरेको' बयान दिएका छन्। 

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिवी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’ 

प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्। 

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ। 

बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

गत माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो। 

घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए।

सम्बन्धित समाचार 

ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै

बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग

अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या

बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग

सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी

बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए

बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे

भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या

बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो

भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि

भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन

बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, परिणाम शून्य

कमेन्ट लोड गर्नुस