सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणको १६ दिनः बेपत्तापछि गाउँमा भेटिएका अन्य २ शव...

अस्मिता धामीको शव फेला परेको स्थान
अस्मिता धामीको शव फेला परेको स्थान
२०७८ असार २१, ०१:१७ आशिष मल्ल

धनगढी: डडेल्धुराकी अस्मिता धामी मृत फेला परेको आज(सोमबार) १६ दिन भएको छ। जिल्लाको परशुराम नगरपालिका–८ की २६ वर्षीया धामीको शव असार ५ गते परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीमा कार्यरत उनी असार २ गते बेपत्ता भएकी थिइन। 

कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी उनी मृत फेला परेको १६ दिन पुगिसक्दा पनि मृत्युको कारण खुल्न सकेको छैन। असार २ गते उनीसँग के भयो ? हत्या भयो कि अरु नै कारणले मृत्यु भयो भनेर पत्ता लगाउन प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ। 

उसो त जोगबुढा अस्पतालमा उनको शवको असार ८ गते परीक्षण भएको थियो। तर पोष्टमार्टम रिपोर्टबाट केही तथ्य फेला नपरेपछि शवबाट लिइएका नमूना र असार ७ गते भेटिएको उनको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। जसको रिपोर्ट हालसम्म नपुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। 

बेपत्ता भएपछि स्थानीय र प्रहरीले खोजी गर्दा अस्मिताको शव ४ दिनपछि मात्रै फेला परेको थियो। शवसँगै उनले बोकेको खोपको क्यारियर भेटिएको थियो। साथै शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो छाप र उक्त स्थानमा मदिराको खालि बोत्तल पनि फेला परेकाले उनको बलात्कारपछि विभत्स हत्या गरिएको स्थानीयले आशंका गरेका थिए।

 यद्यपि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै खटिएको टोलीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको दाबी गरिएको छ। तर पनि प्रमाण फेला नपरेका कारण अस्मिताको हत्या नै भएको हो भनी प्रहरी ठोकुवा गर्ने अवस्थामा भने छैन।  

अस्मिताको मृत्युपछि गाउँमा भएका २ मृत्यु 
अस्मिता बेपत्ता भएको १९ दिन तथा मृत फेला परेको १६ दिन भइसक्दा प्रहरीले घटना सम्बन्धी कुनै ठोस् प्रमाण फेला पारेको छैन। तर रोचक कुरा के छ भने उनको मृत्यु भएपछि सोही वडा नम्बर–८ मा २ जनाले देह त्याग गरेका थिए। 

डीएसपी नेपालका अनुसार अस्मिता धामी बेपत्ता भएको भोलिपल्ट ३ गते बिहान नै सोही वडा नम्बर ८ का एक पुरुष मृत फेला परेका थिए। ती ३८ वर्षीय धिरेन्द्र धामीको शव घाँटीमा पासो लगाएको अवस्थामा फेला परेको थियो। उनले अस्मिता बेपत्ता भएकै दिन २ गते साँझ समेत आत्महत्या प्रयास गरेको स्थानीय बताउँछन्।  

धिरेन्द्र मृत फेला परेको ८ दिनपछि असार १० गते उनकै दाईको समेत शव फेला परेको थियो। अन्दाजी ४८ वर्षीय वर्षीय पन्चे धामीले घाँटीमा पासो लगाएर देह त्याग गरेको परशुराम नगरपालिका वडा नम्बर ८ का अध्यक्ष गोविन्द बोहराले बताए। 

एक अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार अस्मिता बेपत्ता भएको भोलिपल्टै धिरेन्द्रको शव भेटिनु रहमस्यमय भएकाले उनीमाथि पनि अनुन्धान हुनेछ। तर भिसेरा रिपोर्ट नआएकाले कुनै कदम चाल्न सकिने अहिले अवस्था नरहेको उनले बताए। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएपी महेन्द्र नेपालले भने धिरेन्द्रले कुनै सुसाइट नोट नलेखेको र कुनै तनावबारे कसैलाई नभनेकाले उनको फेला पर्नुको कारण नखुलेको बताए। 

तर धिरेन्द्र धामीको सम्बन्ध अस्मिता मृत्यु प्रकरणसँग नभएको स्थानीय बताउँछन्। गाउँमा खानेपानीको पाइप चोरेको आरोप लागेकाले उनलाई एक दिन इलाका प्रहरी जोढबुढामा थुनिएको थियो। र, २५ हजार जरिमाना तिरेर मात्रै धिरेन्द्र थुनामुक्त भएका थिए। सोही कारण अपमान हुने डरले धिरेन्द्रले आत्महत्या गरेको हुनसक्ने गाउँलेहरु बताउँछन्। 

यस्तै उनका दाई पन्चे धामीले पनि के–कति कारण आत्महत्या गरेको हो कि हैन भन्ने प्रमाणित नभएको वडा अध्यक्ष बोहराले बताए। दुवैको शवको पनि अन्तेष्टि भइसकेको छ।  

यसैबीच गृहमन्त्री बिष्णु पौडेलले गृह प्रशासन सक्रियताका साथ अनुसन्धानमा लागेकाले छिट्टै नै अपराधीलाई कानूनी दायरामा ल्याइ कारवाही गर्ने दाबी गरेका छन्।  

सम्बन्धित समाचार:
डडेल्धुराकी अस्मिताका हत्यारालाई कानून बमोजिम कारवाही गर्ने गृहमन्त्री पौडेलको दावी
डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणमा बेपत्ताको भोलिपल्टै आत्महत्या गरेका पुरुषको के छ सम्बन्ध ?
डडेल्धुरामा मृत भेटिएकी अस्मिताको अन्त्येष्टि
डडेल्धुरामा युवती मृत फेला प्रकरणः भेटियो अस्मिताको मोबाइल, आफन्तले शव बुझे
डडेल्धुराकी अस्मिता धामी मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो
डडेल्धुराकी अस्मिताका हत्यारा पत्ता लगाइ कारबाही गर्न माग
कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल
डडेल्धुराकाे स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस