सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मिताका हत्यारालाई कानून बमोजिम कारवाही गर्ने गृहमन्त्री पौडेलको दावी

२०७८ असार २१, ०५:४३ खबर संवाददाता

धनगढी : डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ८ जमरानीमा स्वास्थ्यकर्मी अस्मिता धामीको मृत्यु प्रकरणबारे राष्ट्रियसभामा प्रश्न उठेको छ।

आईतवार बसेको राष्ट्रियसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा राष्ट्रियसभा सदस्य महेश कुमार महराले अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै के अब अस्मिताले पनि निर्मालाको जस्तै नियति भोग्नुपर्ने हो ? वा अस्मिता धामीले न्याय पाउँछ भन्दै प्रश्न गरेका थिए। 

यदि अस्मिता धामीले न्याय पाउने भए कहिले पाउँछिन् र हत्यारा कहिले पत्ता लगाउनुहुन्छ ? भन्दै महराले गृहमन्त्री बिष्णु पौडेललाई प्रश्न गरेका हुन्। 

जवाफमा गृहमन्त्री पौडेलले गृह प्रसासन सक्रियताका साथ अनुसन्धानमा लागेको र छिट्टै नै अपराधीलाई कानूनि दायरामा ल्याइ कानून बमोजिमको कारवाही गर्ने दावी गरे। 
 

कमेन्ट लोड गर्नुस