सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मृत भेटिएकी अस्मिताको अन्त्येष्टि

२०७८ असार ८, ०१:३० खबर संवाददाता

डडेल्धुरा: जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीको अत्येष्टि गरिएको छ। मृत भेटिएकी अस्मिताको सोमबार शव परीक्षण भएपछि आफन्तले बुझेका थिए। आफन्तले शव बुझेपछि मंगलबार उनको अन्तेष्टि गरिएको हो। 

आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी धामी असार ५ गते मृत अवस्थामा फेला परेकी  थिइन्। शव भेटिएको तीन दिनपछि मात्रै सोमाबार अस्मिताको पोष्टमार्टम भएको थियो। 

धामीको हत्या गरिएको स्थानीयको दाबी छ। यद्यपि, प्रहरी अनुसन्धान सकिएको छैन्। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।

सम्बन्धित समाचार :
डडेल्धुराकाे स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका
कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल
डडेल्धुराकी अस्मिता धामी मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो
डडेल्धुरामा युवती मृत फेला प्रकरणः भेटियो अस्मिताको मोबाइल, आफन्तले शव बुझे
 

कमेन्ट लोड गर्नुस