सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मिता धामी मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो

२०७८ असार ७, ०१:२२ खबर संवाददाता

धनगढी: असार ५ गते मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव परीक्षण भएको छ। ३ दिनपछि सोमबार उनको शव जोगबुडा अस्पतालमा परीक्षण भएको हो।

पोष्टमार्टम रिपोर्टबाट उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको एक प्रहरी अधिकारीले दिनेशखबरलाई बताए। अब उनको भिसेरा परीक्षण गरिने प्रहरी स्रोत बताउँछ। 

धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। शवसँगै उनले बोकेको खोपको क्यारीयर भेटिएको थियो तर मोबाइल भने फेला परेन्। 

शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन्। यद्यपि प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन। 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। 

न्यायको माग गर्दै स्थानीय आन्दोलित 
स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको न्याय माग्दै आफन्त सडकमा आएका छन्। सोमबार मृतका धामीका आफन्तले धामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन्।
 

सम्बन्धित समाचार :
कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल
डडेल्धुराकाे स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका

कमेन्ट लोड गर्नुस