सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभियुक्तले देखाए घटनास्थलमा खसेको भागरथीको घडी

२०७७ फाल्गुन ६, ०२:५९ खबर संवाददाता

धनगढीः भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले प्रहरीलाई घटनास्थलमा खसेको घडी देखाएका छन्।

मंगलबार पक्राउ परेका भट्टले भागरथीको घडी घटनास्थल आसपासमै रहेको बताएपछि प्रहरीले खोजी गरेको थियो। 

उनले भागरथीको जुत्ता भेटिएको ठाउँबाट पश्चिमतर्फ रहेको खोल्सामा घडी फालेको बताएपछि त्यहाँ पुगेको प्रहरी टोलीले फेला पारेको समाचार सुत्रले दिनेशखबरलाई बतायो। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पनि अभियुक्तले बताएअनुसार खोजी गर्दा घडी घटनास्थल नजिकै फेला परेको पुष्टि गरे। 

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रमा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन्। 

हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय किशोर दिनेशलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो। 

बयानका क्रममा अभियुक्तले भागरथीको हत्या गरेको स्वीकार गरेपनि बलात्कारको आरोप भने अस्वीकार गरेको प्रहरीले जनाएको छ।

उनले भागरथीको परिवारसँगको पूर्व रिसिवीका कारण आफूले हत्या गरेको समेत बताएका छन्। अभियुक्त सार्वजनिक गरेपनि आफन्तहरुले भागरथीको शव भने अझै बुझेका छैनन्।  प्रहरीले उनीहरु शव बुझ्ने प्रक्रियामा रहेको बताएको छ। 

सम्बन्धित समाचार 

भागरथीको बलात्कारपछि हत्याका अभियुक्त सार्वजनिक

आफन्तद्वारा भागरथीको शव बुझ्न अझै अस्वीकार

खोचलेकबाट फूलमाला लगाउँदै डीआईजी सुवेदीसहितका प्रहरी अधिकृत विदा भए

अभियुक्तले परिवारसँग पनि भने, ‘भागरथी दिदीको हत्या मैले गरेको हुँ, ठूलो गल्ती भयो’

ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै

बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग

अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या

बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग

सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी

बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए

बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे

भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या

बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो

भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि

भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन


 

कमेन्ट लोड गर्नुस