सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मितालाई न्याय माग्दै प्रशासनमा तालाबन्दी

२०७८ भदौ ३०, ११:०३ खबर संवाददाता

धनगढीः डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी गरेको छ। 

परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप तालाबन्दी गरिएको हो। 

अस्मिताका हत्यारालाई छिटो सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई यथाशिघ्र राहतको व्यवस्था गर्नुपर्ने र जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने माग आफूहरुको रहेको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए। संयोजक बोहोराले हत्यारा पत्ता नलागेसम्म ताला नखुल्ने चेतावनी समेत दिएका छन्।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। तर प्रहरीले हालसम्म मृत्युको कारण बताउन सकिरहेको छैन।

सम्बन्धित समाचार:
डडेल्धुराकी अस्मितालाई न्याय माग्दै प्रशासनमा धर्ना
अस्मिताका परिवार र नगरपालिकाबीचको सहमति भएन कार्यान्वयन
डडेल्धुराकी अस्मिताका हत्यारालाई कानून बमोजिम कारवाही गर्ने गृहमन्त्री पौडेलको दावी
डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणमा बेपत्ताको भोलिपल्टै आत्महत्या गरेका पुरुषको के छ सम्बन्ध ?
डडेल्धुरामा मृत भेटिएकी अस्मिताको अन्त्येष्टि
डडेल्धुरामा युवती मृत फेला प्रकरणः भेटियो अस्मिताको मोबाइल, आफन्तले शव बुझे
डडेल्धुराकी अस्मिता धामी मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो
डडेल्धुराकी अस्मिताका हत्यारा पत्ता लगाइ कारबाही गर्न माग
कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल
डडेल्धुराकाे स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका

 

कमेन्ट लोड गर्नुस