सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्मिताका परिवार र नगरपालिकाबीचको सहमति भएन कार्यान्वयन

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १५, ०५:२१

डडेल्धुरा: मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीका परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन भएको छैन। शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएको जनाएको हो।

नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो। तर, हालसम्म नगरपालिकाले राहतस्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए।
अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो। 

जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपगर्नेलगायत माग राखेका थिए। डेढ महिना हुँदासम्म यी माग पनि नगरपालिकाले सम्बोधन नगरेको संयोजक बोहराले जानकारी दिए।

अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भए पनि नियुक्ति पत्र भने नगरपालिकाले अझै नदिएको उनले बताए।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरूले नगरपालिकाले दिने भनेको साढे ७ लाख रुपैयाँ यो आर्थिक वर्षमा दिइने बताए। यसका साथै उनले नियुक्ति पत्र दिने प्रक्रिया पनि स्वास्थ्य शाखाले अगाडि बढाइरहेको जानकारी दिए।

आधारभूत स्वास्थ्य केन्द्रको ‘अस्मिता’ नाम राख्ने भन्ने विषय भने जटिल रहेको प्रतिक्रिया दिए। 
असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

कमेन्ट लोड गर्नुस