सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल प्रशासन र व्यवस्थापन बिचको विवाद साम्य, सिटीस्क्यान खरिद गरिने

२०७६ फाल्गुन २, ०१:४४ जनक विष्ट

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिनको विषयलाई लिएर सुरु भएको विवाद साम्य भएको दावी गरिएको छ। सिटी स्क्यान मेसिन खरिद गर्ने÷नगर्ने विषयमा अस्पताल व्यवस्थापन समिति र प्रशासनबिच समझदारी जुट्न नसक्दा उत्पन्न भएको विवाद साम्य भएको दावी गरिएको हो।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिद गर्न छुट्याएको साढे ८ करोडको विषयलाई लिएर सुरु भएको आन्तरिक विवाद साम्य भएको दावी बताईएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत सिटी स्क्यान मेसिन खरिदको बजेटले अन्य उपकरण खरिद नमिल्ने भनेपछि अस्पतालले आवश्यक प्रक्रिया थाल्ने तयारी गरेको छ।

प्रदेश सरकारसंग अस्पताल प्रशासनले भौतिक संचरना र समय अभावको कारण देखाउँदै चालु वर्षमै सिटी स्क्यान मेसिन खरिद गर्न नसकिने र उक्त बजेटले अन्य उपकरण खरिदको अनुमती मागेपछि सुरु भएको विवाद अन्ततः टुङ्गिएपछि आवश्यक प्रक्रिया अगाडी बढाईने भएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले सिटी स्क्यान मेसिनका लागि आवश्यक पर्ने भवनको समेत ठेक्का भईसकेकाले छिट्टै खरिद प्रक्रिया अगाडी बढाईने बताए। ‘घरको टेण्डर भएपछि सिटी स्क्यान मेसिन खरिदको प्रक्रिाया जाने सोच बनाएका थियौँ, त्यो भईसकेकाले अब छिट्टै प्रक्रियामा जादैछौँ।’

अस्पतालको खरिद कमिटिले रिर्पोट पेश गरिसकेको पनि मेसु पाण्डेले बताए। उनले चालु वर्षमै मेसिन खरिद गर्न नसकिने भएकाले विनीयोजित बजेट फ्रिज जान नदिन लेटर अफ क्रेडिट प्रणाली मार्फत प्रक्रिया अगाडी बढाईने बताए।

 यसअघि सेती अस्पतालले सामाजिक विकास मन्त्रालयलाई चालु वर्षमा समय अभावका कारण सिटी स्क्यान मेसिन खरिद गर्न सकिने नदेखिएको भन्दै उक्त बजेट अन्य उपकरण खरिदमा खर्च गर्न आवश्यक निर्देशन मागेको थियो। तर मन्त्रालयले कानून अनुसार अन्य मेसिन खरिद गर्न नसकिने जिकिर गर्दै सिटी स्क्यान नै खरिद गर्न भनेपछि अस्पतालले प्रक्रिया थाल्ने भएको हो।

यद्यपी मन्त्रालयको उक्त जिकिरमा सत्यता भने छैन्। मन्त्रालयले चाहेको भए अर्थ मन्त्रालयको सहमती लिएर सो बजेटले अन्य अतिआवश्यक उपकरण समेत खरिदका लागि निर्देशन दिन सक्ने बाटो खुल्ला थियो। सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले आफू र मेसुबिचको विवाद सिटी स्क्यान मेसिनको विषय मात्र भएको दावी गरेका छन्।

उक्त विषयमा सझदारी जुटिसकेकाले अब भने कुनै विवाद नरहेको उनी बताउँछन्। ‘त्यो विवाद त सल्टीयो नी।’जोशीले भने, उहाँको पनि अस्पताललाई राम्रो बनाउने उद्देश्य हो मेरो पनि, दुवै उद्देश्य अस्पताललाई राम्रो बनाउने भईसकेपछि हाम्रो विवाद नै रहेन।’ जोशीले यसअघि आफूहरुबिच सिटी स्क्यान किन्ने की नकिन्ने भन्ने विषयको विवाद भएको बताए।

‘तर खरिद गर्ने भएपछि कुरै सक्किहाल्यो।’ सेती अस्पतालमा सिटी स्क्यान मेसिन खरिद भए नीजि स्वास्थ्य संस्थामा बढि शुल्क तिरेर सेवा लिनुपर्ने प्रदेशबासीको बाध्यता हट्ने विश्वास गरिएको छ।

सामाजिक विकास मन्त्रालय र सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीको स्वार्थ नमिलेपछि सिटी स्क्यान खरिदकै विषयलाई विवादित बनाएर सेवा सुधारको काम गरिरहेका मेसु पाण्डेलाई हटाउने चलखेल भएको आरोप लागेको थियो।

स्रोतका अनुसार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मेसुले सेती अस्पतालमा गरेका सुधारका कामप्रती सकारात्मक भएका कारण पाण्डेलाई नै काम गर्न दिने पक्षमा देखिएपछि उनीहरुको खेल असफल भएको हो।   

सम्बन्धीत समाचार 

सेती अस्पतालको विवादित सिटी स्क्यान खरिदको विकल्पमा ‘लेटर अफ क्रेडिट’

सेती अस्पतालमा साढे ८ करोडले निम्त्याएको विवाद अझै सुल्झीएन, मन्त्रालयको गलत परिपत्र

नागरिक अगुवा भन्छन् –सेती अस्पताल राजनीतिले धरासायी बन्दैछ

विशेषज्ञ सेवाको पर्खाइमा सेती प्रादेशिक अस्पताल

आन्तरिक कलहले सेती अस्पताल स्तरोन्नतीको मुद्दा पनि ओझेलमा

सेती प्रादेशिक अस्पतालको एक बिघा ६ कठ्ठा जग्गा अतिक्रमण

सेती अस्पतालको सेवा सुधार गरिरहेका मेसु पाण्डेलाई हटाउन फेरी चलखेल

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस