दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह
२०८३ कार्तिक १, ०१:५६
काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ ।
उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो ।
कमेन्ट लोड गर्नुस