सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको एक बिघा ६ कठ्ठा जग्गा अतिक्रमण

२०७६ माघ १०, ०१:४९ जनक विष्ट

सुदूरपश्चिमको रेफरल सेती प्रादेशिक अस्पतालको जग्गा सरकारी निकायलै अतिक्रमण गरेका छन्। अस्पतालको स्वामित्वमा रहेको एक बिघा बढि जग्गा स्वास्थ्य कार्यालय, जिल्ला खेलकुल विकास समिति लगायतका निकाले अतिक्रमण गरी वषौँदेखि भोगचलन गर्दै आएका छन्।  

सेती प्रादेशिक अस्पतालको स्वामित्वमा चार बिघा पाँच कठ्ठा छ धुर जग्गा रहेकोमा अहिले दुई बिघा १९ कठ्ठा मात्रै छ। साविकको जिल्ला जनस्वास्थ्य कार्यालय, खेलकुद विकास समिति, साविकको क्षेत्रिय मेडिकल स्टोर, जिल्ला रेडक्रस सोसाईटी लगायतका सरकारी तथा गैरसरकारी निकायले अस्पतालको  एक बिघा छ कठ्ठा बढि जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएका हुन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले चार बिघा ५ कठ्ठा छ धुरको लालपूर्जा भएपनि अहिले दुई बिघा १९ धुर मात्रै भोगचलनमा रहेको बताए। उनका अनुसार पञ्चायतकालदेखि नै अस्पतालको जग्गा ती निकायले भोगचलन गर्दै आएका छन्।

अस्पतालको स्वामित्वमा रहेको जग्गा वषौँदेखि अन्य निकायले अतिक्रमण गरी भोगचलन गर्दै आएपछि अहिले सेवा सुधारका लागि थप भौतिक संचरना विस्तार गर्न जग्गा अभाव भएको छ। यद्यपी डाक्टर हेमराज पाण्डे अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट भएर आईसकेपछि अतिक्रमीत जग्गा फिर्ता गराउन पहल थालिएको छ। तर सरकारी निकायले नै त्यसमा असहयोग गरिरहेका छन्।

मालपोत र नापी कार्यालय कैलालीले नै उक्त विवरण दिन अटेरी गरिरहेका छन्। अस्पतालको स्वामित्वमा रहेको जग्गा पञ्चायतदेखि नै विभिन्न निकायले अतिक्रमण गरी भोगचलन गरिररहेको बुझिएको अस्पतालले जनाएको छ भने जिल्ला खेलकुद विकास समिति कैलालीले त अस्पतालको जग्गा जबरजस्ती हडपेको छ।

अस्पतालले गत वर्ष कात्तिक २७ मा सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै अन्य निकायले चर्चेको जग्गा प्राप्तीका लागि आवश्यक पहल गर्न अस्पताले माग गरेको छ। आई.सि.यु, एआइएसियु, डायलासीस लगायतका थप सेवा विस्तार गर्न भौतिक संचरना बनाउन जग्गाको अभाव रहेको छ।

अस्पतालले सामाजिक विकास मन्त्रालयलाई लेखेको पत्रमा जग्गा अभावमा भौतिक पूर्वाधार निर्माण गर्न नसकिने भएकाले अन्य निकायले चर्चेको जग्गा अस्पतालको स्वामित्वमा ल्याई प्रदेशकै रिफरल अस्पताल सेन्टर तथा सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरुलाई समेत उपचारको व्यवस्था हुने गरी भौतिक संचरना निर्माण तथा जग्गाको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडी बढाई दिन अनुरोध गरिएको छ।

अस्पतालको स्वामित्वमा भएको जग्गा सरकारी र गैरसकारी निकायले नै अतिक्रमण गरेपछि थप सेवा सुधार र संरचना निर्माणमा चुनौती थपिएको हो। भविष्यमा विशेषज्ञ सेवा विस्तार गर्नका लागि आवश्यक पर्ने संरचनाका लागि अतिक्रमीत जग्गा फिर्ता ल्याउनुपर्ने तडकारो आवश्यकता रहेको छ।

अस्पतालले अहिले संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत परिपत्र गर्दै जग्गा अतिक्रमीत जग्गा फिर्ता गर्न आवश्यक पहल गरिदिन माग गरेको छ।  यता हालै गठन भएको अस्पताल व्यवस्थापन समितिले भने अतिक्रमित जग्गाका विषयमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन्।

व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले अतिक्रमीत जग्गा प्राप्तीका लागि संघिय सरकारलाई लेखी पठाए र कुनै जानकारी आएपछि मात्र उक्त विषयमा बोल्ने प्रतिक्रिया दिए।

तर प्रदेशकै रेफरलका रुपमा रहेको सेती अस्पतालको अतिक्रमीत जग्गा फिर्ता गर्न व्यवस्थापन समिति, नागरिक समाज, राजनैतिक दल लगायतका सरोकारवाला एक ठाउँमा उभिनुपर्ने आवश्कता देखिएको छ।

अन्य निकायले अतिक्रमण गरिसकेका जग्गामा बनेका संरचना नभत्काएर अस्पतालले नै प्रयोग गर्ने गरी बाटो खोल्नुपर्ने माग गरिएको छ।  
 

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस