सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

२०८० चैत्र १५, ०५:०६ खबर संवाददाता

काठमाडौँः नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ।

आजको लागि तोकिएको टी–२० सिरिजको पहिलो खेल वर्षाले हुन नसकेपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो। नयाँ तालिकाअनुसार अब नेपाल ए ले मार्च  २९, ३० र अप्रिल १ मा आयरल्याण्ड वोल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

टी–२० सिरिज खेल्ने नेपाली ए टिममा विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

कमेन्ट लोड गर्नुस