रेशमको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँः सर्वोच्चले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ।
चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए। शुक्रवार सो मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।
सुनुवाइका लागि वैशाख १८ गतेलाई अर्को पेसी तोकिएको छ। रेशम टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। तर निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि उनी अदालत गएका थिए।