धनगढीमा खुल्यो एलभिडी ब्राण्डको सोरुम
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/20240507_102439.jpg?itok=GBdi0F7t)
धनगढी: धनगढीमा एलभिडी ब्राण्डको आधिकारिक सोरुम खुलेको छ। धनगढी मुख्य बजार सिटिजन बैंक अगाडि सोरुम खुलेको हो।
मङ्गलवार सोरुमको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन्। युवा व्यवसायी देव साउँदले करिब सवा एक करोडको लागतमा इन-स्टाइल नामको सोरुम सञ्चालनमा ल्याएका हुन्। सोरुममा एलभिडी ब्राण्डका सर्ट, पाइन्ट, टिसर्ट, क्याजुअल सर्ट पाइन्ट, जुत्ता, झोला लगायतका तयारी पोसाक सुपथ मूल्यमा पाइने सञ्चालक साउँदले बताए।
डोटीको दिपायलमा समेत तयारी पोसाकको सोरुम सञ्चालन गर्दै आएका साउँदले धनगढीमा नयाँ सोरुम खोलेका हुन्। युवापुस्ता विदेश जान मरिहत्ते गरिरहेको अवस्थामा साउँदले भने ठूलो लगानीमा नयाँ सोरूम सञ्चालनमा ल्याएर स्वदेशमै व्यवसाय गर्नुपर्ने सन्देश दिएका छन्।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)