सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला लिग फुटबल: कञ्चन र अरनिको क्लब फाइनलमा  

२०८१ वैशाख १४, १०:१३ खबर संवाददाता

महेन्द्रनगर: कञ्चन समाज र अरनिको युवा क्लब कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित खुलामञ्चमा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन्।

सेमिफाइनल खेलमा कञ्चन समाजले सेक्युर्ड नेपाललाई १–० गोलअन्तरले हराउँदै फाइनलको यात्रा पक्का गरेको थियो। अर्को सेमिफाइनल खेलमा अरनिको युवा क्लबले राम युवा क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। प्रतियोगिताको फाइनल खेल यही वैशाख १५ गते हुने छ।

प्रतियोगिताको विजेताले  ५१ हजार एक सय ११ तथा उपविजेताले २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन्। सेमिफाइनलमा पुग्ने दुवै टोलीले सान्त्वनास्वरुप  ११ हजार एक सय ११ पुरस्कार पाउने कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव एवं प्रतियोगिता संयोजक नितेश रावलले जानकारी दिए।  

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजनामा यही वैशाख ३ गतेदेखी जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन भएको हो।
 

कमेन्ट लोड गर्नुस