सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस चालकलाई कारबाहीको माग गर्दै डोटीको गैरा बजारमा चक्काजाम

२०८१ वैशाख २४, ०९:३५ खबर संवाददाता

डोटीः डोटीको जोरायल गाउँपालिका–१ गैरामा चक्काजाम गरिएको छ। त्यहाँका स्थानीयले सोमवार साँझ देखि गैरा बजारमा चक्काजाम गरेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा मोटरसाइकललाई ठक्कर दिने बसका चालक फरार भएपछि डोटीको गैरा बजारमा चक्काजाम गरिएको हो। बसले मोटसाइकलाई ठक्कर दिदाँ डडेल्धुराको आलिताल गाउँपालिका–१ का पुर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको निधन भएको थियो।

दुर्घटनापछि फरार भएका बसका चालकको तत्काल खोजी गरी कारवाही गर्नुपर्ने माग गर्दै स्थानीयले जोरायल गाउँपालिका–१ गैरामा चक्काजाम गरेका हुन। सोमवार सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले ऐरले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस