सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

२०८१ जेठ ६, १०:५८ खबर संवाददाता

धनगढीः कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ।

भन्सार छलीका सामानसहित ३ गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ। बाँकी विषय त पोष्टमार्टम रिपोर्टले नै देखाउने डीएसपी बोहराले बताए। आज (आइतबार) विहान उनको मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस