सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा उद्यम शीलता विकाश तालिम सुरु 

२०८१ वैशाख २४, ०७:५२ खबर संवाददाता

धनगढीः प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय सञ्चालन गरेका उद्यमीहरूलाई ३ दिने आवासीय उद्यम शीलता विकाश तालिम आजबाट कैलालीको धनगढीमा सुरु भएको छ।

यु एस ए आइडी जल जंगल परियोजनाको आयोजनामा भएको तालिममा कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुलाका २३ जना उद्यमीहरू सहभागी छन्। उद्यमीहरूका समस्या पहिचान एवं समाधानका लागी पहल गर्ने उद्देश्यले तालीम आयोजना गरिएको होOpen photo

जल जंगल परियोजनाका टिम लिडर भास्कर भट्टराई को सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय लघुवित्त महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष गणेशवहादुर विष्ट प्रमुख अतिथी रहेका थिए। तालीममा सुशील ज्ञवाली, नागेन्द्रप्रसाद भट्ट र सुस्मिता चौधरीले प्रशिक्षण दिइरका छन्।
 

कमेन्ट लोड गर्नुस