जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी भागरथी पक्राउ
२०८१ वैशाख २४, ०८:५४
कञ्नपुरः कञ्चनपुरमा जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी एक महिला पक्राउ परेकी छन्।
जिल्लाको बेदकोट नगरपालिका– ७ की ३० वर्षीया भागरथी विष्ट आज (सोमवार) पक्राउ परेकी हुन्।
उनलाई अदालतले जग्गा अतिक्रमण मुद्दामा ३ हजार जरिवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेकी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस