सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एसपीएले छात्रवृत्ति प्रदान गर्ने

२०८१ वैशाख २४, ०४:३० खबर संवाददाता

धनगढीः प्रथम धनगढी अन्तर डोजाङ खुल्ला तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू लाई सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए.) कलेजले छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

वैशाख २१ गते देखी २३ गते सम्म धनगढी  स्थित कबड हलमा सञ्चालित तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू कलेजले छात्रवृत्ति प्रदान गर्ने भएको हो।  जनहित तेक्वान्दो डोजाङ्गले आयोजना गरेको प्रथम धनगढी अन्तर डोजाङ खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ को समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष एवं (एस.पी.ए.) कलेजका प्रबन्ध निर्देशक सुबाश साहीले आयोजक तथा खेलाडीहरू लाई बधाई सहित शुभकामना दिने क्रममा उत्कृष्ट खेलाडीहरू लाई एस.पी.ए. कलेजमा छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन्।Open photo

उक्त प्रतियोगितामा आयोजक जनहित तेक्वान्दो डोजाङ्ग को टिम १३ स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ।  भने ५ स्वर्ण पदक सहित गिली तेक्वान्दो डोजाङ्ग टिम दितृय र ४ स्वर्ण पदक प्राप्त गर्दै भवानी तेक्वान्दो डोजाङ्ग टिम तृतीय भएको छ। कार्यक्रममा विभिन्न खेल प्रति आस्थावान् विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक तथा खेल प्रेमीहरूको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस