सुदूर नेपाललाई विश्वसँग जोड्दै

लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई

२०८१ जेठ ५, ०४:५७ खबर संवाददाता

काठमाडौंः एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी–२० को उपाधि जितेको छ।

एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिंग गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भयो।

कविता जोशीले १९औँ ओभरमा ३ छक्का सहित २१ रन बनाइन्। तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले  जित हासिल गर्न सकेन।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो। योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ।
 

कमेन्ट लोड गर्नुस